सिन्धुपाल्चोक, २६ मंसिर ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारले छिटै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न लागीएको बताउँनु भएको छ। मन्त्री बस्नेतले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ मा रहेको इर्खु माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यसे बताउँनु भएको हो ।
समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिलेकै सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गर्नु भएको हो । म आफु पनी शिक्षा प्रेमी भएका नाताले पञ्चायती ब्यवस्थामा एस एल सी सम्म निशुल्क हुन पर्छ भनी अभियान चलाएकोमा सरकारले निशुल्क गरेको स्मरण गराउँदै अहीले पनी सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले गत वर्ष देखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेर राष्ट ब्यापी निशुल्क गर्ने अभियानमा आफु लागेको बताउँनु भयो ।
उँहाले मन्त्रीपरिषद्को सदस्यको हैसियतले आफुले यस बिषयमा मन्त्रीपरिषदमा कुरा राखिसकेको र प्रधानमन्त्री सहित सिंगो मन्त्रीपरिषद् सकारात्मक भएकाले आफ्नो प्रस्ताव चाडै लागु भएर अब सरकारले देशभरि नै कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने बताउँनु भयो । मन्त्री बस्नेतले ‘ कक्षा १२ सम्मको शिक्षा निःशुल्क भए आर्थिक अवस्था कमजोर भएका लाखौलाई ठूलो राहत मिल्ने बिश्वास ब्यक्त गर्नु भयो । उँहालेआफू सानै उमेरदेखि निःशुल्क शिक्षाको अभियानमा लागेको दावी गर्दै मन्त्री बस्नेतले विसं २०४१ देखि ३२ वर्षसम्म सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाएर शिक्षाको क्षेत्रमा सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला घोषणा गरेको स्मरण गराउँनु भयो ।
शिक्षाको विकास भएपछि मात्र देशको विकास संभव भएकाले स्थानिय सरकार र प्रदेश सरकारले पनि शिक्षालाई आफ्नो प्रमुख अजेण्डा बनाउनु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउनका लागि सरकारले चाडै चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गर्न लागेको सो अबशरमा जानकारी दिनु भयो । स्वास्थ्य क्षेत्रमा अभाव रहेको जनशक्तिको पूर्ति छिट्टै गरिने समेत सो अबशरमा जानकारी दिनु भयो । कार्यक्रममा बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद सापकोटा ले चौतारासाँगाचोकगढी नगरपालिकाले १२सम्म निशुल्क शिक्षा प्रदान गर्नका लागी आबश्यक गृहकार्य गरिसकेको बताउँदै नगरका सबै नागरिकलाइ उच्च शिक्षा हासिल गर्न सहज गराउँन लागीएको बताउँनु भयो । उँहाले नगरपालिकाले शिक्षा क्षेत्रमा आबश्यकताका आधारमा सहयोग गरिरहेको बताउँदै गुणस्तरिय शिक्षा सिकाइका लागी नगरपालिकाले गर्न पर्ने सहयोगलाइ निरन्तरता दिने बताउँनु भयो । कार्यक्रममा शिक्षा बिकास समन्वय प्रमुख कृष्ण सुबेदीले नगर शिक्षा सिकाइका लागी नगरपालिकाले पर्याप्त सहयोग गरिरहेकोमा प्रशंसा गर्दै शिक्षकको कमी हुन नदीने प्रतिबद्धता ब्यक्त गर्नु भयो । वडा नं ८का वडाअध्यक्ष अमृत दङ्गालले गुणस्तरिय शिक्षा सिकाइ का लागी वडाबाट गर्न पर्ने सहयोगमा कुनै पनी कमी हुन नदीने बताउँनु भयो ।
ज्ञान मन्दीर माध्यमिक बिद्यालयका प्र अ पुन्य प्रसाद गजुरेलले शिक्षा सिकाइका लागी शिक्षक सँगै अभिभावकहरुले पनी चासो राख्न सके राम्रो हुने बताउँनु भयो । बनदेबी माबीका प्रअ दिल बहादुर कार्कीले शिक्षा सिकाइमा इर्खु माबीले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । विद्यालयका प्रधानाध्यापक प्रकाश दंगालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पठनपाठनमा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको बताउँनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काको सभापतीत्वमा सम्पन्न भएको समारोहमा नगर प्रमुखलाइ बिशेष सम्मान गर्दै खेलकुलमा उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा उप प्रमुख सिता थापाले बालबालीकाको सस्कृत कार्यक्रमलाइ नाचेर प्रोत्साहन दिनु भएको थियो ।कार्यक्रममा समाज सेवी भुपेन्द्र थापाले बिद्यालयलाइ खाने पानी सुद्धीकरण गर्नै तातो चिसो बनाउँने मेशीन हस्तानन्तरण गर्नू भएको थियो । सोही अबशरमा बिद्यालयको चौथो स्मारिका समेत बिमोचन गरिएको थियो ।
