सम्पर्क

सांसद तामाङद्वारा बाढी ग्रस्त क्षेत्रको अवलोकन

बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ समिरले बाढि ग्रस्त क्षेत्र संरक्षणका लागी हेलम्बुको अवलोकन गर्नुभएको छ । सांसद तामाङले सो क्षेत्रको संरक्षणका लागी आर्थिक बर्ष २०८०÷८१ मा बजेट विनियोजन गर्नुभएको थियो । हेलम्बु गाउँपालिकाको किउल बजार, सरस्वती माध्यमिक विद्यालय तथा ग्यालथुम बजार संरक्षणको लागि प्रदेश सरकारबाट बिनियोजित बजेट रकम कार्यसम्पन्न गर्नका लागि अपुग हुने भएकाले थप बजेट ब्यब्स्थापन गर्नको लागि तामाङले मंगलबार इन्जिनियर सहित अवलोकन गर्नुभएको हो । हेलम्बु –४ का वडाअध्यक्ष बुद्धिमान तामाङ, २ का वडा अध्यक्ष पेम्वा लामा र स्थानीय बासिहरुको उपस्तिथिमा स्थलगत अवलोकन तथा निरीक्षण गर्नुको साथै जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियरलाई प्राविधिक इस्टिमेट तयार गर्न लगाउनु भएको सांसद तामाङका स्वकीय सचीव बिशाल राउतले जानकारी दिनुभयो । तामाङसंगै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, वन तथा वातावरण मन्त्रीका स्वकीय सचीव हेमन्त दङ्गाल, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला सचिव दिपेशराज खनाल र जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियर सहितको टोलिले बहेलम्बु गाउँपालिकाको संरक्षणका लागी भएको कार्यको अवलोकन गर्नुभएको हो ।