नेत्रज्योतीद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा नेत्रज्योती मिडीया हाउस प्रा.लीद्धारा एक दिने कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका न्यायीक समितीका सदस्य रामशरण अधिकारीको सभापतित्वमा अर्का न्यायीक समितीका सदस्य रबी खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का, नेपाल बार एशोशियसनका जिल्ला अध्यक्ष अधिवक्ता भुपेन्द्र थिङ लगायतले कानुनका बारेमा जानकारी गराउँनु भएको थियो । सो अबसरमा प्रहरी उपरिक्षक सन्तोष खड्काले सत्यको सँधै बिजय हुने भएकाले सबैले सत्य बोल्ने गर्नुपर्ने बताउँदै समाजमा हुने कुनैपनी घटनाको जानकारी दिन आग्रह गर्नुभयो । उहाँले प्रहरी सँधै कानुन र सत्यको पक्षमा रहने भएकाल...
