सम्पर्क

खानेपानी

ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, शिक्षा, समाचार
 ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण Himalayan Growth Minds का सहजकर्ता तनुजा बस्नेतले गरेका थिए । कार्यक्रममा रेष्टले हालसम्म गरेका कार्यक्रम, समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशाबारे विस्तृत जानकारी गराइएको थियो। विसं २०४९ सालमा स्थापना भएको रेष्टले हाल देशका १४ जिल्लामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ। संस्थामार्फत हालसम्म २८ हजारभन्दा बढी विद्यार्थीले सहयोग प्राप्त गरिसकेका छन्। जोखिममा परेका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अधिकारको संरक्षणका लागि संस्था निरन्तर क्रियाशील रहँदै आएको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय योगदान पुर्‍याएको जानकारी दिइयो। रेष्टले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा हाल १ हजार १५ जना विद्य...
२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा युवा महिलाहरूलाई आत्मनिर्भर, सक्षम तथा सशक्त बनाउने उद्देश्यले २६ जना युवा महिलाका लागि स्कुटर चलाउने तालिम सञ्चालन गरिएको छ। वडा स्तरीय महिला सञ्जालको सक्रियता तथा प्रस्तावमा आयोजना गरिएको उक्त तालिम वडा कार्यालयको समन्वय र थ्री एस मोटर ड्राइभिङ्ग सेन्टरको सहजीकरणमा सञ्चालन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले महिलाको सशक्तीकरण केवल नीतिगत विषय मात्र नभई व्यवहारिक सीपसँग पनि जोडिएको बताउनुभयो। उहाँले महिलाहरू आर्थिक, सामाजिक तथा व्यक्तिगत रूपमा आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिम प्राप्त महिलाहरूले भविष्यमा स्कुटर खरिद गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्र...
जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै रक्षा मन्त्रालयका सचिब केदारनाथ शर्मा र सुचना तथा प्रशारण बिभागका महानिर्देशक छबिन्द्र पराजुलीले आआफ्नो जन्मदिनमा पशुपतिनाथ भण्डार खालमा बृक्ष रोपेर जन्मोत्सव मनाउनुभएको छ। रौतहट बाट पहिलोपटक अभियानका रुपमा सुरुवात भएको यो अभियानले हाल सम्म १३ हजार भन्दा बढी बृक्ष रोपिसकिएको अभियानका केन्द्रीय संयोक गोबन्दि चौलागाइले जानकारी दिनु भयो । “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ जस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउन, वातावरण संरक्षण गर्न र नयाँ पुस्तामा सेवाभाव विकास गर्नको निम्ति प्रेरित गराउने उद्देश्यका साथ अभियान हाल देशभर चलिरहे को बताउँनु हुँदै चौलागाइले यस कार्यक्रममा सचिब शर्माले जन्मदिनलाई सेवा भाबका साथ सत्कर्ममा जोडिएर बृक्ष रोपेर आफ्नो जन्मोत्सव मनाउदै अभियानलाई धन्यवाद दिदै सफलताको शुभकामना ग्रहण गर्न पाउदा...
कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा बशिेष गरी कृषी उत्पादन स्थानीय उद्योगहरुलाइ प्राथमीकतामा राखेर बजेटको व्यवस्था गरेको छ । बुधबार नगरसभाहलमा भएको २०औ नगरसभाको पहीलो बैठकमा नगर उप प्रमुख सिता थापाले प्रस्तुत गर्नु भएको निती तथा बजेट कार्यक्रममा उक्त जानकारी दिइएको हो । यस अघी बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन भइ सभामा पेश गरिएको निती तथा कार्यक्रममा यस बर्ष गत बर्षका कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप आकर्षक कार्यक्रमहरु समाबेस गरिउको छ । स्थानीय खेती योग्य जमीन बाँझो राखेर बिदेसीने प्रथा बढीरहेको अबस्थामा कृषी उत्पादन र नगर भित्र सञ्चालीत सञ्चार गृहरुमा भएका नागरिकलाइ बेरोजगार हुन नदीनका लागी नगर भित्र रहेका क्रियाशिल सञ्चार माध्ययमलाइ समाचार उत्पादन , प्रकाशन तथा प्रशारणका लागी सहज हुने कार्यक्रमका साथै मिडीया बिकासका ला...
इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

इन्द्रावती गाउँपालिकाको बजेट ८३ करोड १० लाख ७९ हजार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं, नवलपुर, असार १० – इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङ ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमा आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ लाख २० हजार रुपैयाँ, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। उता संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ८ करोड २१ लाख ४५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५ लाख रुपैयाँ तथा सशर्त अनुदान २७ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण...
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया बुधबार चौतारामा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको खानेपानी गुणस्तर निगरानी सम्बन्धी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकतामाथि जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी गराईएको थियो । नागरिकले उपभोग गर्ने पानी रंग, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्ने बताईएको थियो । मापदण्डले खा...
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको,सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।  बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ। यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ। बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सि...
६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
  चौँसागढी, असार २३। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय (प्रदेश ऋत्भ्ख्त्) र चौँसागढी नगरपालिकाको आर्थिक सहयोग तथा नगर महिला सञ्जालको आयोजनामा सञ्चालन गरिएको ६५ दिने सिलाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।नगर महिला सञ्जालकी अध्यक्ष चमेली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० जना महिलाले तालिम सफलतापूर्वक पूरा गर्नु भएको छ । का महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले सिलाईसम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान हासिल गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथि चौँसागढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कसापकोटाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिदै सीप सिकेर मात्र नहुने, त्यसलाई उत्पादन र व्यवसायसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताउँनु भयो ।कार्यक्रम...
मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

खानेपानी, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित मेलम्ची नगर योग समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। मेलम्ची नगर योग समिति अध्यक्ष विजयकुमार दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गङ्गा नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै योगको महत्व र यसको नियमित अभ्यासले स्वस्थ जीवनयापनमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले योगको नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ जीवनशैलीका लागि योगलाई दैनिक अभ्यासका रूपमा अपनाउन उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष विजयकुमार द...
इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

इन्द्रावतीलाइ अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सिन्धुपालचोक जिल्लाको इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख अतिथ्यतामा, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा औपचारिकताका लागि मात्र नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताउँनु भयो । उँहाले समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्...