सम्पर्क

खानेपानी

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...
गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवामा अवस्थित गाउँले सामुदायिक वन सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष एबम नगर लेखा संयोजक उद्धब नेपालको प्रमुख अतिथ्यतामा र सस्थाका अध्यक्ष ओम बहादुर बस्नेतको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।  बार्षीक साधरण सभा को उद्धघाटन गर्दे वडा अध्यक्ष नेपालले सहकारीताका माध्ययमबाट गरिएका हरेक कामहरु पारदर्सीतामा लैजानका लागी समयमा साधरण सभा र लेखा परिक्षण गर्न पर्ने सुझाब दिदै सहकारी सस्थाका शेयर सदस्यहरुले पनी आफ्नो सस्थाको गतिबिधी समय समयमा जानकारी लिइरहन पर्नै बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका ब्यवस्थापक एवम नगर सहकारी सञ्जालका सदस्य नेत्र बहादुर बस्नेतले सहकारी ऐन अनुसार बिषयगतमा रहेर काम गर्न पर्नै बताउँनु भयो । जनहित दुग्ध उत्पादन सहकारी सस्थाका अध्यक्ष बद्री प्रसाद नेपालल...
संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान सरकारले जनताका चाहना र भावना पूरा गर्नुपर्नेछ ।” राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः सम्माननीय सभामुखज्यू, राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू, १. भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । २. सर्वप्रथम, म नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक आन्दोलन,...

मानुषी लघुवित्तको महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न

#, Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, विचार, विचित्र संसार, समाचार
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजना गरिएको महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सदस्यहरूको सीप विकास, जीविकोपार्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यम सञ्चालन, सीप अभिवृद्धि तथा आयआर्जनका विभिन्न पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। महिलाहरूको सशक्तीकरण तथा आत्मनिर्भरतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले मेलम्चीमा विविध विषयमा छलफल गर्दै एकदिने गोष्ठी सम्पन्न गरेको हो । मानुषी लघुवित्तले विगतदेखि नै महिलालाई प्राथमिकतामा राखेर विना धितो कर्जा प्रवाह गर्दे आएको छ । बचत सङ्कलनका लागि ग्रामिण भेग सम्म पुगेर घरदैलो कार्यक्रम गर्दे महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन उत्प्रेरित गर्दै आएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका ...

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचार, समाचार
लुम्बिनी, २२ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण उहाँले गराउनुभएको छ । नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापि...
मेलम्ची–१० मा शिक्षामा ऐतिहासिक फड्को: कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम लागू हुने

मेलम्ची–१० मा शिक्षामा ऐतिहासिक फड्को: कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम लागू हुने

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यसहित महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरू गरिएको छ। आज हिरादेवी आधारभूत विद्यालयमा सम्पन्न वडा शिक्षा समिति मेलम्ची–१० को बैठकले शैक्षिक सुधारका लागि बहुपक्षीय निर्णयहरू पारित गरेको हो । बैठकमा वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी, विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तक तथा होमवर्क डायरी खरिदका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। विद्यार्थीहरूको समग्र प्रस्तुति सुधार गर्न ड्रेस, जुत्ता, मोजा, टाइ, बेल्ट र परिचयपत्र (ID Card) अनिवार्य गर्ने तथा यसबारे अभिभावकलाई जानकार...
डडुवामा शुरु भयो अचार बनाउँने तालीम

डडुवामा शुरु भयो अचार बनाउँने तालीम

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
औद्यगिक बातबरण सुधार दिगो अर्थ तन्त्रको अधार भन्ने मुल नाराका साथ चौतारासाँगाचोकगढीनगरपालिका वडा नं १४मा अचार बनाउने तालिम को शुरुवात गरिएको छ । मङ्गलबार वडा कार्यलयको सभाहलमा बागमति प्रदेस सरकारका उघोग बाणिज्य मन्त्रि बिन्दु श्रेष्ठ ले तालिमको ब्यानर पढेर उद्घाटन गर्नुभए पछी तालिमको शुरवात गरिएको हो । उद्योग बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोगमा वडाकार्यलयमा सञ्चालन गरिएको अचार बनाउँने तालिमको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेस सरकारले आगामी बर्ष देखी स्थानीयको माग अनी आबश्यकता र परिणममुखी कामका लागी अनुदानको व्यवस्था गरिने बताउँनु भयो ।   उँहाले सिप सिकेर आयआर्जनका लागी पर्नु भएकोमा खुशी लागेको छ । समय परिबर्तन भएको छ । स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाइ प्रयोग गरेर आय आर्जनका लागी काम गरिरहेको र कृषी उत्पादनलाइ उद्योगका रुपमा बिकास गर्नका लागी आफुले गर्न सक्ने ...
रास्वपाद्धारा पार्टी नेता तथा शुभेच्छुकलाईबधाई–शुभकामना दिन मन्त्रालय नजान आग्रह

रास्वपाद्धारा पार्टी नेता तथा शुभेच्छुकलाईबधाई–शुभकामना दिन मन्त्रालय नजान आग्रह

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
राष्ट्रिय स्वतन्त्र पाटींले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन मन्त्रालयहरूमा भिडभाड नगर्न पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ।रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पाटीको तर्फबाट बिज्ञेप्ती निकाल्दै अनावश्यक भेटघाटले सरकारको कार्यसम्पादनमा विलम्ब हुने हँुदा बिशेष काम बाहेक भेटघाट नगर्न आग्रह गर्नु भएको हो । उँहाद्धारा जारी विज्ञप्तिमा सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र भड्किलो देखिएको भन्दै केन्द्रीय अनुशासन आयोगको यस्तो आग्रह गरेको हो ।‘नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको...
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ । (क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १) संवत् २०८२ फा...
ओली र लेखक पक्राउको बिरोध ७पक्राउ तत्काल रिहाई को माग

ओली र लेखक पक्राउको बिरोध ७पक्राउ तत्काल रिहाई को माग

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको राससले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार बबरमहलमा केहीप्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताउनुभयो ।आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका ...