सम्पर्क

कृषी, सञ्चार,उद्योग लगाएत स्थानीय रोजगारलाइ प्राथमिकतामा चौतारा साँगाचोकगढी नगरपालिका

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ मा बशिेष गरी कृषी उत्पादन स्थानीय उद्योगहरुलाइ प्राथमीकतामा राखेर बजेटको व्यवस्था गरेको छ । बुधबार नगरसभाहलमा भएको २०औ नगरसभाको पहीलो बैठकमा नगर उप प्रमुख सिता थापाले प्रस्तुत गर्नु भएको निती तथा बजेट कार्यक्रममा उक्त जानकारी दिइएको हो । यस अघी बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन भइ सभामा पेश गरिएको निती तथा कार्यक्रममा यस बर्ष गत बर्षका कार्यक्रमहरुलाइ निरन्तरता दिदै थप आकर्षक कार्यक्रमहरु समाबेस गरिउको छ । स्थानीय खेती योग्य जमीन बाँझो राखेर बिदेसीने प्रथा बढीरहेको अबस्थामा कृषी उत्पादन र नगर भित्र सञ्चालीत सञ्चार गृहरुमा भएका नागरिकलाइ बेरोजगार हुन नदीनका लागी नगर भित्र रहेका क्रियाशिल सञ्चार माध्ययमलाइ समाचार उत्पादन , प्रकाशन तथा प्रशारणका लागी सहज हुने कार्यक्रमका साथै मिडीया बिकासका लागी सञ्चार निती ल्याइने भएको छ । नगरपालिकाले कृषीमा एक वडा एक उत्पादन पकेट क्षेत्रको रुपमा बिकास गर्दै जती धेरै उत्पादन त्यती धेरै अनुदान, जमीन बाँझौ नराखौ माटोले मागेको रोपौ, हामी किसान उद्यमी बनौ उत्पादनलाइ बजारी करण गरौ भन्ने अबधाराणा सहीत कृषी क्षेत्रको बिकासका लागी अगाढी बढेको छ । यसै गरी नगरपालिकाले रोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ भने कामगर्दै पढ्दै कमाउँदै सिक्दै को अभियान समेत सञ्चालन गर्ने भएको छ । नगरसभाको अवसरमा नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा १अर्ब १९ करोड ७५लाख ८१हजार ७४४रुपैयाको बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।नगरसभाको उद्घाटन सत्रअघि उपस्थित जनप्रतिनिधि तथा सहभागीहरूले मौनधारण गरेका थिए ।    नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर बिकासका लागी नगरपालिकाले यो त्यो नभनेको बताउँनु हुँदै सबैलाइ समान व्यवहार गरेको बताउँनु भयो । उँहाले सुकुटे पर्यटकीय क्षेत्र विकास कार्यक्रम तथा सुख्खाग्रस्त क्षेत्र कार्यक्रमका लागि शिेष व्यवस्था गरिएको बताउँनु भयो । पुर्ब नगर प्रमुख अमानसिं तामाङले बिगतका अधुरा योजनाहरुलाइ सम्पन्न गर्न नगरपासिलकाले खेलेको भुमिका र बिनीयाजन गरेको बजेटबाट नगरको बिकासमा थप उर्जा बढेकोमा बर्तमान नगर प्रमुख तथा उप प्रमुख प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूलाइ बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालले नगर पालिका बाट उत्पादन मुखी स्वरोजगार र पर्यटन बिकासका लागी काम गरिरहेको बताउँनु भयो । कार्यक्रममा वडा नं १४का वडा अध्यक्ष तथा लेखा संयोजक उद्धब नेपालले नगरपालिकामा हुदै गरेको बेरुजुलाइ कम गर्न र सके सम्म बेरुजू हुनै नदीन तर्फ सबै लागी पर्नु पर्ने बताउँनु हँदै नगर बिकासका लागी सबै एक भएर अघी बढ्ने बताउँनु भयो । नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन, रोजगार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्ने विषयमा छलफल गरिएको बताइएको छ । स्थानीय स्रोत–साधनको उचित परिचालन गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।
नगरसभाले विकास निर्माणका योजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ ।नगरपालिकाको २०औँ नगरसभामा उपप्रमुख सीता थापाले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गर्नुभएको हो।चालु आर्थिक वर्ष २०८२र८३ मा नगरपालिकाले १ अर्ब १६ करोड २८ लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि प्रस्तुत बजेट अघिल्लो वर्षको तुलनामा वृद्धि गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिकाले १४ वटै वडामा सञ्चालन हुने योजनाका लागि ११ करोड ९० लाख रुपैयाँ छुट्याएको छ। यस्तै, स्वास्थ्य क्षेत्रका लागि १ करोड ८२ लाख रुपैयाँ, कृषि क्षेत्रका लागि १ करोड ८२ लाख रुपैयाँ तथा शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि ५ करोड १७ लाख १५ हजार ७ सय ४४ रुपैयाँ बजेट विनियोजन गरिएको छ।नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने र दिगो पूर्वाधार विकासलाई गति दिने लक्ष्य लिएको जनाएको छ। वडा नं १३का वडा अध्यक्ष तथा नगर सामाजिक बिकासका संयोजक रामप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नूृ भएको थियो ।