सम्पर्क

जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै रक्षा मन्त्रालयका सचिब केदारनाथ शर्मा र सुचना तथा प्रशारण बिभागका महानिर्देशक छबिन्द्र पराजुलीले आआफ्नो जन्मदिनमा पशुपतिनाथ भण्डार खालमा बृक्ष रोपेर जन्मोत्सव मनाउनुभएको छ। रौतहट बाट पहिलोपटक अभियानका रुपमा सुरुवात भएको यो अभियानले हाल सम्म १३ हजार भन्दा बढी बृक्ष रोपिसकिएको अभियानका केन्द्रीय संयोक गोबन्दि चौलागाइले जानकारी दिनु भयो । “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ जस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउन, वातावरण संरक्षण गर्न र नयाँ पुस्तामा सेवाभाव विकास गर्नको निम्ति प्रेरित गराउने उद्देश्यका साथ अभियान हाल देशभर चलिरहे को बताउँनु हुँदै चौलागाइले यस कार्यक्रममा सचिब शर्माले जन्मदिनलाई सेवा भाबका साथ सत्कर्ममा जोडिएर बृक्ष रोपेर आफ्नो जन्मोत्सव मनाउदै अभियानलाई धन्यवाद दिदै सफलताको शुभकामना ग्रहण गर्न पाउदा हामीलाई थप उर्जा मिलेको छ भन्नु भयो । कार्यक्रम जन्मोत्सवलाई भड्किलो र खर्चिलो होइन मानबमा सेवा भाबको बिकास गराउदै स्वच्छ अनि स्वस्थ वातावरण तयार गराउने यो पबित्र अभियानमा जो जहाँ छौ त्यहीँबाट अभियानमा एक्यवद्धता जनाउदै सहभागी भैदिनुहुन रक्षा सचिब शर्माले सबैमा अनुरोध गर्नु हुादै जस्तो नाम त्यस्तै काम भएकोमा खुशी लागेको बताउँनु भयो । यसै गरी सुचना तथा त्यस्तै प्रसारण बिभागका महानिर्देशक पराजुलीले यो अभियान देशभर लैजानुपर्नेमा जोड दिदै आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।।महानिर्देशक पराजुलीले अभियानलाई सफलताको शुभकामना दिदै बृक्ष रोपेर आफनो जन्मोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ।  
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल प्रभाव दैनिकका कृष्ण कार्की अन्तर्राष्ट्रिय खेलाडी राधिका हमाल अभियन्ता बिष्णु थापा र मनोज थापा लगायतका अभियन्ताको बिशेष उपस्तिथि रहेको थियो । यो सँगै सिन्धुपाल्चोकमा पनी ७ बर्षीया बालीका दिपा बिशुखे ले आफुनो जन्म दिनमा जन्मउत्स्वव पार्कमा गएर फलफुलको बिरुवा रोप्नु भएको जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका जिल्ला संयोजक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भएको छ ।