सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सस्थापकका रुपमा रहनु भएको माया गुरूङ जिल्ल अधिबेशनबाट पनी अत्याधिक बहुमतबाट निर्वाचित हुनु भएको छ । शुक्रबार चौतारामा भएको निर्वाचनमा गुरूङले १ सय ४९ मत ल्याएर बिजय हासिल गर्नु भएको हो । सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो । २०७९ सालमा सिन्धुपाल्चोक– २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत बन्नु भएको गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गर्नु भएको छ । उँहाको निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याउँनु भएको थियो । एक पदका लागी ५जना मैदानमा खडा भएकोमा गुरुङले अत्याधिक मतले बिजय हासिल गर्नु भएको हो । यो सँगै उपसभापतीमा पनी सरोजा श्रेष्ठले १ सय २३ मत ल्याएर उपसभापती पदमा निर्वाचित हुनु भएको छ ।...








