सम्पर्क

ब्रेकिङ न्युज १

मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडाँै, २२ साउन: सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गर्नुभएको छ । https://lokpriyasamachar.com/wp-content/uploads/2024/08/matri.webpराष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उहाँले समर्थन जनाउनुभएको हो । उहाँले भन्नुभयो,“मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।” सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गर्नुभएको थियो । सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताउनुभयो । यद्यपि उहाँले नेपाली नामप्रति असहमति जना...

पत्रपत्रिकाको वर्गिकरण नतिजाप्रति पत्रकार महासंघको ध्यानाकार्षण

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गिकरण÷मूल्यांकनको प्रारम्भिक नतिजाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिल नेपालले गरेको बर्गिकरण सुचिकृतमा जाल झेल भएको भन्दै नेपाल पत्रकार महासंघ लगायत स्वतन्त्र पत्रकारहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाई, शान्ताराम बिडारी लगायतका ब्यक्तिहरु सहितको समुहले सोमबार प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण ज्ञापन पत्र बुझाइएको हो । नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न जोडदार माग गरेको छ । देशैभरीबाट नियमित प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुको वार्षिक मुल्याङ्कन र वर्गिकरण गर्दै आएको वितरण संपरिक्षण समिति र स्वयम् प्रेस काउन्सिल नेप...

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै

ब्रेकिङ न्युज १, समाचार
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम दे...

७१ वर्षीया वृद्धाको लुटपाटपछि हत्या

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा अज्ञात समूहद्वारा लुटपाटपछि एक वृद्वाको हत्या भएको छ । शुक्रबार दिउँसोको समयमा गरगहना र नगद लुटेर स्थानीय ७१ वर्षीया रत्न कुमारी थापाको हत्या भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्रहरीका अनुसार मृतक थापाको शरीरमा कुनै चोटपटक नदेखिएको, तर हत्या भएको देखिन्छ । कति सामाग्री चोरी भयो भनेर यकिन भने भइसकेको छैन । जिल्ला प्रहरीको बिशेष अनुसन्धान टोलीसहित तालिमप्राप्त दुई कुकुर घटनास्थलमा खटाइएको जिल्ला प्रहरी सिन्धुपाल्चोक डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । दिनधाडै यस्तो घटनापछि स्थानीयबासी भने त्रसित बनेका छन् ।...

लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिनुभयो । उहाँले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताउनुभयो । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उहाँका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो ।  मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भे...

सञ्चार क्षेत्रमा राससले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा ‘ब्रिफिङ’ लिँदै उहाँले समाचारका क्षेत्रमा राससलाई ‘गुरु’ संस्थाका रुपमा विकास गर्न आग्रह गर्नुभयो । “सबै सञ्चार माध्यमको अभिभावक रासस बन्नुपर्छ, समाचारको स्रोत रासस हुनुपर्छ, यसको सेवालाई प्रभावकारी बनाएर लैजानुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राजनीतिक प्रभावबाट मुक्त पारेर राससलाई आस्थाको केन्द्र बनाउनुपर्छ ।” परम्परागत कार्यशैली परिवर्तन गरेर परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिँदै मन्त्री गुरुङले देश र जनताको पक्षमा सकारात्मक नतिजा दिने आफ्नो योजनामा दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो । “अब यथास्थितिमा रहनु हुँदैन, शैली...

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदुत सोङको भेट

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले  नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैब एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि कसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।”नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउँदै मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न महत्व...

बस्नेत लेखा समितिको सदस्यमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभाको मंगलबारको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई पठाएपछी प्रतिनिधी सभाको बैठकले उक्त निर्णय गरेको हो । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बस्नेतलाई सार्वजनिक लेखा समिति सदस्यमा स्थानान्तरण गरिएको हो । त्यस्तै, कांग्रेस सांसद सीता गुरुङलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ । सार्वजनिक लेखा समितिमा कांग्रेसबाट अर्जुन नर सिंह केसी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, मञ्जु खाँण, राजेन्द्र केसी, रामकृष्ण यादव, श्याम घिमिरे र संजय गौतम सदस्य रहनु भएको छ ।...

३१ वटा युट्युबलगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ १५ साउन । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो । मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाइ सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पिएनपि मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन् । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Th...

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कास्की, १५ साउनः पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि...