सम्पर्क

पत्रपत्रिकाको वर्गिकरण नतिजाप्रति पत्रकार महासंघको ध्यानाकार्षण

प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गिकरण÷मूल्यांकनको प्रारम्भिक नतिजाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रेस काउन्सिल नेपालले गरेको बर्गिकरण सुचिकृतमा जाल झेल भएको भन्दै नेपाल पत्रकार महासंघ लगायत स्वतन्त्र पत्रकारहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाई, शान्ताराम बिडारी लगायतका ब्यक्तिहरु सहितको समुहले सोमबार प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण ज्ञापन पत्र बुझाइएको हो । नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न जोडदार माग गरेको छ । देशैभरीबाट नियमित प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुको वार्षिक मुल्याङ्कन र वर्गिकरण गर्दै आएको वितरण संपरिक्षण समिति र स्वयम् प्रेस काउन्सिल नेपालको भुमिकाका सम्वन्धमा बेला बेलामा यसको सरोकारवाला पक्ष आम पत्रकारहरुबाटै प्रश्न उठ्ने गरेको छ ।
यसपटकको नतिजा पनि व्यक्तिकेन्द्रित, पक्षपातपुर्ण, अपारदर्शी र पुर्वाग्रहपुर्ण रहेको महशुस गरेको महासंघ केन्द्रीय सचिव गोबिन्दप्रसाद चौलागाँइले बताउनुभयो ।
उक्त नतिजा प्रकाशनबाट उपत्यका स्थित काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सहित देशैभरीबाट पत्रिकाका सम्पादक प्रकाशकहरुले अन्याय भएको महशुस गरेका छन् । प्रेस काउन्सिलका अध्यक्षलाई बुझाएको ध्यानाकार्षण पत्रमा पछिल्लो अवस्थामा देशको आर्थिक अवस्थाको कारण पत्रकारहरु आफैंले बडो कष्टका साथ सञ्चालन गर्दै आएका साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यम धरासायी हुँदै गएको वर्तमान अवस्थामा राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण कार्यमा योजनावद्ध रुपमा केही पत्रिकालाई तह घटुवा तथा केहीलाई तह बढुवा त केहीलाइ कथित हुबहुमा राखेर निर्णय गर्दा काउन्सिलको विश्वसनियता र निष्पक्षतामाथि नै गम्भिर प्रश्न खडा भएको छ ।
आचारसंहिता उल्लंघन गर्ने संचार माध्यमसंग मिलोमतो गरि आफ्नो अनुकुल मात्रै आमसंचार क्षेत्रलाई नियमन गर्ने निकायले समग्र मिडियामा अनुगमनको प्रभाबकारितामा प्रश्न उठेकाले नागरिकको तहमा गुम्दै गएको विश्वसनीयता जगाउन नसकेको बुझिएको छ ।
तसर्थ प्रस्तुत नतिजाप्रति हामी सरोकारवालाहरुको गम्भीर चासो रहेको छ । पत्रपत्रिका वर्गीकरणलाई सबैको भरोसायोग्य र स्वीकार्य बनाउनको लागि उक्त त्रुटी सच्चाई पुनः २४ घण्टा भित्र नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हामी हार्दिक आग्रह गर्दछौं ।
त्यहाँ रहेकाहरुले पत्रकारिता–आचारसंहिताको परिपालना, तटस्थता, निष्पक्षता र आर्थिक पारदर्शिता आफैंबाट सुरु नगरी ‘आफ्नै हात जगन्नाथ’ भन्ने उखानको अनुशरण गरेबाट प्रेस काउन्सिलको व्यवसायिक मर्यादा र पत्रकार आचारसंिहताको एकोहोरो रटान लगाएर उनीहरु ति शव्दहरुप्रति ‘भद्दा मजाक’ गरिरहेका देखिन्छन् । यस्तै खाले रबैया कायम रहने हो भने नेपालका यस्ता पात्र र प्रवृती सहितको प्रेस काउन्सिलको औचित्य रहँदैन र आवश्यक हुँदैन भन्ने हाम्रो ठहर हो ।
तसर्थ यि प्रवृती कायमै रहे हामी प्रेस काउन्सिल भित्रको बेथिति, अन्याय, मनोमानी र अत्याचार विरुद्धमा संघर्षमा जान बाध्य हुनेतर्फ समेत जानकारी गराउन चाहन्छौं । भनिएको छ ।
महासंघले ६ बुँदे माग सहित ध्यानाकार्षण पत्र बुझाएको महासंघ केन्द्रीय सचिव गोबिन्दप्रसाद चौलागाँईले जानकारी दिनुभयो । काउन्सिलको नतिजाप्रति प्रेस युनियन, प्रेस सेन्टरलगायत विभिन्न प्रेस संगठनद्वारा असन्तुष्टि जनाउदै विज्ञप्ति जारी
गरेका छन् ।