सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा अज्ञात समूहद्वारा लुटपाटपछि एक वृद्वाको हत्या भएको छ ।
शुक्रबार दिउँसोको समयमा गरगहना र नगद लुटेर स्थानीय ७१ वर्षीया रत्न कुमारी थापाको हत्या भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
प्रहरीका अनुसार मृतक थापाको शरीरमा कुनै चोटपटक नदेखिएको, तर हत्या भएको देखिन्छ । कति सामाग्री चोरी भयो भनेर यकिन भने भइसकेको छैन । जिल्ला प्रहरीको बिशेष अनुसन्धान टोलीसहित तालिमप्राप्त दुई कुकुर घटनास्थलमा खटाइएको जिल्ला प्रहरी सिन्धुपाल्चोक डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । दिनधाडै यस्तो घटनापछि स्थानीयबासी भने त्रसित बनेका छन् ।
