सम्पर्क

ब्रेकिङ न्युज १

सत्तारूढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ७ कात्तिक : सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई अदालतको स्वीकृति लिई पक्राउ गरिएको जानकारी गराउनुभयो । फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको गृहमन्त्री लेखकले बताउनुभयो । यस्ता घटना...

सुनकोशी आर्यघाट निर्माण तथा ब्यबस्थापन कार्य सुरु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ४ स्थित सुनकोशी आर्यघाट निर्माण तथा ब्यबस्थापन कार्य सुरु गरिएको छ । आर्यघाट निर्माण तथा ब्यबस्थापनमा सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहलमा ३ करोड २७ लाख बराबरको बजेट विनियोजन भएको थियो । पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले सोमबार क्षेत्रीय सभापति एबंम् नगर प्रमुख बालकृष्ण बस्नेत, इन्जिनियरहरु, वडाअध्यक्षहरु, ठेकेदारलगाएत सम्पुर्ण स्थानीयहरुको उपस्थीतिमा निर्माण प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिनुभयो । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागेको बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

ब्रेकिङ न्युज १, समाचार
भक्तपुर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।  सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।...

तातोपानी स्नान मेला सुरु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल व्यवस्था गरिएको छ । त्यस्तै पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।...

विपद् प्रभावित स्थानीय तहलाई राहत उपलब्ध गराइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ । क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्...

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो । साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।...

बिभिन्न कार्यक्रम सहित मनायो प्रहरीले ६९औं दिवस

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गर्र्दै देसैभर आफ्नो स्थापना दिबस मनाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरीले पनि विविध कार्यक्रम गरि ६९ औँ प्रहरी दिवस मनाइएको छ । ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यलयमा पुनर्मिलन कार्यक्रम भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको शब्द संकलन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा टंक बुढाथोकी र सदीक्षा कट्टेलको स्वरमा रहेको “हामी प्रहरी–जनताका पहरेदार” बोलको गित सार्वजनिकीकरण गर्नुभएको हो । साथै उहाँले ६९औं प्रहरी दिवस २०८१ अन्तर्गतका विविध कार्यक्रम उत्कृष्ट ढंगले प्रस्तुत गर्नुहुने महानुभावहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त मह...

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ३० असोज : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ ।६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहा...

दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

ब्रेकिङ न्युज १, समाचार
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरम...

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गलेश्वर (म्याग्दी), २७ असोज (रासस) : म्याग्दीको बेनी नगरपालिका- ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पु¥याउन डाँडा उक्लिहाल्नुहुन्छ । सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ । उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायल...