सम्पर्क

सुनकोशी आर्यघाट निर्माण तथा ब्यबस्थापन कार्य सुरु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ४ स्थित सुनकोशी आर्यघाट निर्माण तथा ब्यबस्थापन कार्य सुरु गरिएको छ । आर्यघाट निर्माण तथा ब्यबस्थापनमा सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहलमा ३ करोड २७ लाख बराबरको बजेट विनियोजन भएको थियो ।
पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले सोमबार क्षेत्रीय सभापति एबंम् नगर प्रमुख बालकृष्ण बस्नेत, इन्जिनियरहरु, वडाअध्यक्षहरु, ठेकेदारलगाएत सम्पुर्ण स्थानीयहरुको उपस्थीतिमा निर्माण प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिनुभयो ।
अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागेको बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।