सम्पर्क

ब्रेकिङ न्युज १

सार्वजनिक जग्गा अतिक्रमण  भएको दाबी गर्दै स्थानीयद्धारा छानबिनको माग

सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गर्दै स्थानीयद्धारा छानबिनको माग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ का स्थानीय बासिन्दाले सार्वजनिक जग्गा संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आफूहरूले यसअघि विभिन्न सरकारी निकायमा दिएको उजुरीमाथि प्रभावकारी पहल नभएको दाबी गर्दै प्रधानमन्त्री तथा अन्य सरोकारवाला निकायसँग हस्तक्षेपको माग गरेका छन्। स्थानीयका अनुसार साविक मेथिनकोट गाविस–२ (हाल नमोबुद्ध नगरपालिका–४) अन्तर्गत रहेको कित्ता नम्बर ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा विगतदेखि गौचरण तथा वन क्षेत्रका रूपमा परिचित रहेको थियो। सोही जग्गा व्यक्तिगत नाममा दर्ता गरी किनबेच गरिएको र त्यसबाट ठूलो आर्थिक लाभ लिइएको दाबी उनीहरूको छ। उक्त विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, वन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक लगायतका निकायमा उजुरी दिएका थिए। उजुरीमा जग्गा दर्ता तथा किनबेच प्रक्रियामा केही...
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
दमौली (तनहुँ), २८ जेठ : यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत रु २१ लाख भन्दा बढी रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा रु २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन् । उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताउनुभयो । उहाँले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्न...

श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २७ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्कोतर्फबाट मङ्गलबार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा सामाजिक साझेदारमाझ आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती कायमै रहेको बताउनुभयो । “नेपालको युवा जनशक्त...
बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

बाह्र्बिसेबासीको औषधी उपचारमा ५०प्रतिशत छुट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र काठमाडौं मेडिकल कलेज (प्ःऋ), दुवाकोटबीच स्वास्थ्यमा ५० प्रतिशत सम्म छुट दिने गरी सम्झौता भएको छ । सम्झौताअनुसार बाह्रबिसे नगरपालिका वासी बिरामीहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा यही मिति २०८३÷३÷३० गते सम्म ५०% सम्म छुटमा उपचार पाउँने भएका छन भने २०८३÷३÷३१गते देखी २०८३÷१२÷३० गते सम्म २५ % छुट को व्यवस्था गरिएको नगर प्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो उँहाका सम्झौतामा बिरामीलाइ अनुसार ओपीडीमा दर्ता निःशुल्क, सामान्य बेड शुल्कमा २५% छुट, क्याबिन शुल्कमा १०% छुट आइसियु एचडियु र सिसियु तथा ओटीमासेवा शुल्कमा २५% छुट प्राप्त गर्नेछन्। त्यसैगरी ल्याब परीक्षण, सिटी स्क्यान एमआरआइ एक्सरे युएसजी डेण्टल एक्सरे ,ओपीजी इसीजी इन्डोस्कपी Colonoscopy, NPL Procedure, ECHO, TMT, Holter, ABPM, EEG, NCT, NST nufotsf Diagnostic सेवाहरू...
बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

#, कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
फिक्कल (इलाम), २६ जेठः इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको अधिकांश समय नर्सरीमै बित्ने गरेको छ । बिहानदेखि साँझसम्म उहाँ नर्सरीका बिरुवाको स्याहारसुसार, मलजल गर्ने, ग्राहकको माग व्यवस्थापन तथा बिरुवा बिक्रीवितरणमै व्यस्त हुनुहुन्छ । उहाँले १० वर्षअघि स्थापना गर्नुभएको ‘बाङदेल नर्सरी सेन्टर’ आज जिल्लास्तरमा गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्रीका लागि परिचित बन्दै गएको छ । यही नर्सरी व्यवसायबाट उहाँले राम्रो आम्दानी गर्दै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले विभिन्न प्रजातिका बिरुवा बिक्री गरेर वार्षिक करिब रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत १० वर्षदेखि बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आउनुभएका बाङदेलले कफीसहित विभिन्न वन तथा फलफूलजन्य प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । गुणस्तरीय बिरुवा उत्पादन र व्यावसायिक नर्सरी सञ्चालनमार्फत ...
सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

#, ब्रेकिङ न्युज १, शिक्षा, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाका  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन  सहयोगमा सुनकोशी गाँउपालिकामा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट  महिला ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिममा अवधिभर सनुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ तथा स्वस्थ्य सचेतजा सम्बन्धी विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण् प्रदान गरिएको थियो । तालिमले स्वयंसेविकाहरुको ज्ञान, सीप र कार्यक्षमता विकासमा सहयोग पु¥याएको आयोजकको भनार्य छ । समापन कार्यक्रममा जनासवास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्र...
जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा प...
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सञ्जय तामागं,  सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी गराउनुका साथै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। इन्द्राव...
“स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया मेलम्चीमा

“स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  सञ्जय तामाङ मेलम्ची सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा प्रकृति रिसोर्सेज सेन्टरको आयोजनामा तथा मेलम्ची नगरपालिकाको सहकार्य र समन्वयमा “स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक एक दिबशीय अन्तरक्रिया कार्यक्रम भएको छ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता तथा स्थानीय स्तरमा दिगो विकासका लागि अपनाउन सकिने उपायहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिन स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा आफ्नो धारणा राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बतउनुभयो । उहा...
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु...