सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर,

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची (सिन्धुपाल्चोक )— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थियो। शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पुर्‍याउनुपर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठुलो राहत पुर्‍याउने गरेको बता...

सिँचाइ मन्त्री तामाङको नेतृत्वमा प्रदेशसभा सदस्यहरू भेटघाट

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा भेटघाट गरेका छन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सदैव जनसेवामा समर्पित रहनुपर्ने विश्वासका साथ जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले आपसी समन्वयका उद्देश्यले संयुक्त रूपमा भेटघाट गरेका हुन् । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा जिल्लाको विकास, जनताको सेवा र साझा उद्देश्यका साथ अघि बढ्ने विषयमा विस्तृत छलफल गरिएको छ । भेटघाट कार्यक्रममा प्रदेश सांसदहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कुमारी तामाङ, अमृता नेपाल र माइली तामाङ सहभागी भएका थिए । भेटघाटमा सहभागी जनप्रतिनिधिहरूले आपसी सहकार्य र एकताको माध्यमबाट सिन्धुपाल्चोक जिल्लामा सकारात्मक परिवर्तन ल्याउन योगदान गर्ने प्रतिबद्धता ...

बाह्रबिसे नगरपालिकामा अख्तियार को छापा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ । अनियमितताको गुनासो तथा उजुरी आएपछि अख्तियार को टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।नगरपालिकाले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै ५ करोड लिएको रकम हिनामिना भएको भन्ने आशंका गरिएको हो । अस्पतालका लागि भनेर लगिएको सो रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो । यस सम्बन्धमा नगर प्रमुख सँग सम्पर्क गर्दा सम्पर्क हुन नसके पछी नगरपालिका वडा नं ३का वडा अध्यक्ष जिबन कुमार भण्डारी सँग सम्पर्क गर्दा उँहाले अस्पतालको भवन बनेको छ ।अस्पालमा कार्यरत कर्मचारीहरुका लागी पारिश्रमीक व्यवस्था गरिएको छ । करिब ३करोड रुपैया खर्च भएको छैन ब्यालेन्स छ , खर्च गर्न बाँकी छ भन्नु भयो । अख्तीयार दुरुपयोग, अदालत प्रहरी प्रशासनले शङ्का गर्न...

खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, यासामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाज द्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी गरिएको छ। संबन्धित समितिहरूले आफ्नो माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि काम ठप्प पारिएको घोषणा गरेका छन्। उनीहरूले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विकास कार्यहरूमा समुदायको हकहित, क्षतिपूर्ति र सरोकारका विषयमा दीर्घकालदेखि बेवास्ता गरिएको आरोप लगाएका छन्।ताला बन्दीका कारण समितिको नियमित प्रशासनिक र प्राविधिक कामकाज पूर्णरूपमा रोकिएको...

पेस्तोल लुटपाट लगाएत का अपाराधी गतीबिधीका लाइ पक्राउ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौं,कार्तीक १५गते ,प्रहरीले गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ । अभियुक्तहरुलाइ काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । यसरी पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ रहेका छन । हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६...

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बागमती प्रदेसका पुर्ब मन्त्री बागमती प्रलेस सभा सदस्यमा.युबराज दुलाल को प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको१२औं बार्षिक साधारण सभा समारोह लाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य,पुर्ब मन्त्री मा.युबराज दुलालले सहकारीताको माध्ययमबाट गरेका हरेक कामहरु सफतामा हुने भएता पनी केही सहकारी हरुले सहकारी सिद्धान्त बिपरित काम गरेकोले सहकारी सङ्कटमा पर्ने गरेको बताउँनु भयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्न अनुरोध गर्दै ब्यक्तीगत स्वार्थमा लाग्ला सहकारी सङ्कटमा पर्छ त्यसकारण ब्यक्तीगत स्वाथर््मा लाग्ने काम गर्नु हुादैन भन्नु भयो । प्रमुख आतिथी दुलालले वडामा सामुदायिक विद्यालय बाट २०८१ सालको एसएलसी सिइइमा उत्कृष्ठ जिपिए ल्याउने सामुदायिक...

मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रको शिलान्यास

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) ले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको धारणा दावी गर्नुभयो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई ...

आज हरि बोधिनी एकादशी ः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर...

बिपी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ । रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक  माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताउनुभयो । जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो । रासस...

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
म्याग्दी, १४ कात्तिक : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाउनुभएको छ । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाउनुभयो । विदेशमा सोचेजस्तो सफलता मिलेन । विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उहाँले भन्नुभयो, “खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।” कृषि पेसाबाट...