सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छापा मारेको छ । अनियमितताको गुनासो तथा उजुरी आएपछि अख्तियार को टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।नगरपालिकाले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै ५ करोड लिएको रकम हिनामिना भएको भन्ने आशंका गरिएको हो । अस्पतालका लागि भनेर लगिएको सो रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।
यस सम्बन्धमा नगर प्रमुख सँग सम्पर्क गर्दा सम्पर्क हुन नसके पछी नगरपालिका वडा नं ३का वडा अध्यक्ष जिबन कुमार भण्डारी सँग सम्पर्क गर्दा उँहाले अस्पतालको भवन बनेको छ ।अस्पालमा कार्यरत कर्मचारीहरुका लागी पारिश्रमीक व्यवस्था गरिएको छ । करिब ३करोड रुपैया खर्च भएको छैन ब्यालेन्स छ , खर्च गर्न बाँकी छ भन्नु भयो । अख्तीयार दुरुपयोग, अदालत प्रहरी प्रशासनले शङ्का गर्नु अनुसन्धान गर्नु कुनै ठुलो कुरा होइन सबैले अनुसन्धान गर्न पाउँछ । दोषी ठहर भए कार्बाही हुन्छ नभए हुँदैन भन्नु भयो ।
