सम्पर्क

ब्रेकिङ न्युज १

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
म्याग्दी, १ मङसिर : व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।” तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुव...
थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभा सम्पन्न

थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा सम्पन्न भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा गाउँपालिका सभाहलमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले सहकारी भनेको किसानहरुको बैंक भएकाले यसको छुट्टै महत्त्व रहेको बताउनुभयो । अध्यक्ष लामाले सदस्यहरुको वृद्धि विकासमा जोड दिनुनै सहकारीको मुख्य उदेश्य रहेकाले सहकारीलाई आफ्नो मुल्य, मान्यता र विधिमा चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लामाले सदस्य हरुको छोराछोरीको पठनपाठन लगायत क्षमता र नेतृत्व विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो । देशमा ठुला ठुला सहकारीहरु विधिमा नचलेकै कारण अहिले डुबेको समाचारहरु आइरहेको भन्दै सहकारीलाई विधिमा चलाउन आग्रह गर्नुभयो । गाउँपालिका भरि किसानले उत्पादन गरेका वस्तुको संकलन गरि ...
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
म्याग्दी, ३० कात्तिक : यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन ग...
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको सुपहिट गित बजारमा

जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको सुपहिट गित बजारमा

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
जन्म दिनलाइ सत्कर्ममा जोडौ अभियानले तयार गरेको गीत नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले काठमाडौ बाट सार्वजनिक गर्दै सुन्न सुरुवात गर्नु भउको छ । अभियान्ता गोबन्दि चौलागाँइका अनुसार कार्यक्रमको संयोजन तराई बिकास तथा संचार केन्द्र नेपालले गरेको थियो। सो कार्यक्रममा भुमी ब्यबस्थापन तथा सहकारी मन्त्रालयका सचिब केदारनाथ शर्मा बन सचिब डा रामचन्द्र कडेल बन मन्त्रालय मातहतका सम्पुर्ण महानिर्देशक उपमहानिर्देशकहरु,वरिष्ठ सहसचिव इन्जिनियर चुडाराज ढकाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद बैठक महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद अर्याल वरिष्ठ संगीतकार शक्तिबल्लभ चलचित्र कलाकार सघका अध्यक्ष गितकार सघका अध्यक्ष प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत रेडियो नेपालका निवर्तमान कार्यकारी निर्देशक अमरध्वज लामा नेपाल टेलिभिजन निवर्तमान महाप्रबन्धक हालका बोर्ड अफ डाइरेक्टर फुलमान बल, वरिष्ठ प...
इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव नगर प्रमुख आइतमान द्धारा उपलब्धीमुलक शिक्षामा जोड

इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव नगर प्रमुख आइतमान द्धारा उपलब्धीमुलक शिक्षामा जोड

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको  वडा नं ११मा रहेको   इन्द्रावती क्याम्पसको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा एक समारोहका बिच सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ को प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख उमा प्रधान विशेष आतिथ्यतामा सम्पन्न भएको हो । १८औ बार्षीकउत्सवको उद्धघाटन गर्दै नगर प्रमुख तामा तामाङले शिक्षा सिकाइमा उपलब्धी मुलक र गुणस्तरिय भयो भने मात्र शिक्षा क्षेत्रमा गरेको लगानीको सही सदुपयोग हुने बताउँनु भयो । यसका लागी इन्द्रावती क्याम्पस ले शिक्षा सिकाइमा उपलब्धी मुलक काम गरेकोले बिशेष धन्यबाद दिदै क्याम्पसले स्थानीय युवालाई उच्च शिक्षामा सहज पहुँच दिलाउँदै आएको भूमिकाको उच्च प्रशंसा गर्नु भयो । उहाँले क्याम्पसलाई नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्थाको रूपमा आफुले पाएको बताउदै शिक्षाको गुणस्तर वृद्धिका लागि सबै क्षेत्रले हातेमालो गर्नु...
क्यान महासघ सिन्धुपाल्चोक को १४ औं साधरण सभा सम्पन्न

क्यान महासघ सिन्धुपाल्चोक को १४ औं साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  कम्प्युटर एसोसिएसन नेपाल महासघ , जिल्ला शाखा सिन्धुपाल्चोक को १४ औं साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । चौतारा सागाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको उक्त साधरण सभाको अबशरमा नगरभरिका माध्यामिक बिध्यालय हरुलाई आइटी क्लब र यसको महत्व विषयक अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटा को प्रमुख आतिथ्यता तथा क्यान महासघ केन्द्रका का उपाध्यक्ष शेखरनाथ दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।  क्यान महासंघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर स्तरिय आइ टी क्लब समेत गठन गरिएको छ । कार्यक्रममा सस्थाका सहसचिब सुभाष कुँबरले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो भने कोषाध्यक्ष सुभाष श्रेष्ठले आयब्यय बिबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगर शिक्षा...
काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामाअन्तरक्रिया

काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामाअन्तरक्रिया

खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
प्रेसप्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रेस स्वतन्त्रता र आचारसंहिता पालनाको अवस्थाबारे बिहिबार उपत्यकामा सक्रिय पत्रकार र नेपाल पत्रकार महासङ्घका काठमाडौँ उपत्यकामा रहेका विभिन्न शाखा र प्रतिष्ठान शाखाका प्रतिनिधिसँग प्रेस स्वतन्त्रता र आचारसंहिता विषयक अन्तरक्रिया गरेको छ । काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामा भएको कार्यक्रममा संयोजक बालकृष्ण अधिकारीले सहजीकरण र सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।अन्तरक्रियामा सहभागीले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका छन् ।  कार्यक्रममा बोल्ने अधिकांशले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका हुन् । ...

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २७ कात्तिक : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो । जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीक...

स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, स्वास्थ्य
आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आफ्नो–आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्कृष्ट काम गरेका पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भउको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईको भनाई छ । समीक्षात्मक कार्यक्रममा हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम, सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्य...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९÷८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा प...