सम्पर्क

इन्द्रावती क्याम्पस मेलम्चीको १८ औँ वार्षिक उत्सव नगर प्रमुख आइतमान द्धारा उपलब्धीमुलक शिक्षामा जोड

सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको  वडा नं ११मा रहेको   इन्द्रावती क्याम्पसको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा एक समारोहका बिच सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ को प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख उमा प्रधान विशेष आतिथ्यतामा सम्पन्न भएको हो । १८औ बार्षीकउत्सवको उद्धघाटन गर्दै नगर प्रमुख तामा तामाङले शिक्षा सिकाइमा उपलब्धी मुलक र गुणस्तरिय भयो भने मात्र शिक्षा क्षेत्रमा गरेको लगानीको सही सदुपयोग हुने बताउँनु भयो । यसका लागी इन्द्रावती क्याम्पस ले शिक्षा सिकाइमा उपलब्धी मुलक काम गरेकोले बिशेष धन्यबाद दिदै क्याम्पसले स्थानीय युवालाई उच्च शिक्षामा सहज पहुँच दिलाउँदै आएको भूमिकाको उच्च प्रशंसा गर्नु भयो । उहाँले क्याम्पसलाई नगरको शैक्षिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्थाको रूपमा आफुले पाएको बताउदै शिक्षाको गुणस्तर वृद्धिका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्नेमा विशेष जोड दिनुभयो।इन्द्रावती क्याम्पसले मेलम्चीका विद्यार्थीलाई घरैमा बसेर गुणस्तरीय शिक्षा हासिल गर्न मार्ग प्रशस्त गरेको बताउँनु हुँदै नगर प्रमुख तामाङले शिक्षा नै विकासको आधारशिला भएकोले नगरपालिकाबाट विद्यार्थीका सीप विकास, प्राविधिक शिक्षा, डिजिटल पहुँच तथा शैक्षिक पूर्वाधार वृद्धि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनु भयो। उँहाले शिक्षा सिकाइ यस्तो चिज हो जती शिक्षा लिए पनी पुग्दैन तर शिक्षा दिनेले जती दिए पनी बढ्छ त्यसैले शिक्षा दिने र लिने दुबैलाइ फाइदा हुने बताउँनु भयो । उँहाले विद्यार्थीहरूलाइ यस अवसरलाई मूल्याङ्कन गर्दै अध्ययन र आचरण दुवै क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहन र शिक्षक हरु बाट पनी यो कार्यलाइ अझ बढी प्रभाबकारी बनाउँन लागी रहन आग्रह गर्नु भयो । कार्यक्रममा बिशेष अतिथी उपप्रमुख उमा प्रधानले क्याम्पसले समुदाय केन्द्रित शिक्षा विस्तारमा खेलेको भूमिकाको उल्लेखनीय प्रशंसा गर्दै विद्यार्थीलाई उत्तरदायी, अनुशासित तथा समाजप्रति संवेदनशील बन्न आग्रह गर्नु भयो।क्याम्पस प्रमुख राधाकृष्णा श्रेष्ठले विगत वर्षको शैक्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रमा अनुसन्धानमुखी अध्ययन, पाठ्यक्रम सुदृढीकरण तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढाइने जानकारी गर्नु भयो । १८ औँ वार्षिक उत्सव शिक्षाको उन्नयन र संस्थागत विकासमा सामूहिक प्रतिवद्धता पुनः व्यक्त गर्दै इन्द्रावती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेश दुलाल (सिपी)को अध्यक्षता सम्पन्न भएको हो ।