सम्पर्क

ब्रेकिङ न्युज १

एमालेको १मा अरुणसहीत ४ र २मा तामाङ सहित ३ जना सिफारिस

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । यो समाचार तैयार गर्दा सम्म क्षेत्र नं १मा,अरुण नेपाल ,सरेश नेपाल , भरत प्रसाद पराजुली र बादल लामालाई प्रत्यक्ष तर्फसिफारिस गरिएको छ भने क्ष्ोत्र नै २मा एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको छ । शनिबार मेलम्चीमा बसेको २ नं क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम सिफारिस गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क अन्तर्गत नेकपा एमालेले ९ जनाको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश सभा क अन्तर्गत राजु नेपाल डालबहादुर सापकोटा, बिष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरि सापकोटा...

ग्रामीण क्षेत्रका महिलालाई गाउँमै निशुल्क उपचार

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पूरानाकोट सामुदायिक स्वास्थ्य इकाई र धूलिखेल अस्पतालले संयुक्त आयोजनामा सुनकोशी गाउँपालिका–३ कालिकामा पाठेघर र स्तन रोग सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । दुई दिनसम्म चलेको शिविरमा १९८ महिलाहरुले निशुल्क उपचार र औषधी पाएका छन् । यसअघि उक्त गाउँमा स्त्रीरोगको कुनै शिविर नभएका कारण महिलाहरुले पाठेघर र स्तन रोग पालेर बसेका कालिका, ठोकर्पा, सुनखानी, यमुनाडाँडा, वाफल लगायतका महिलाहरुले पाठेघर र स्तनको निशुल्क उपचार र औषधी पाएको स्वास्थ्य इकाईका अध्यक्ष गोबिन्द न्यौपानेले लोकप्रिय समाचारलाई बताउनुभयो । शिविरमा आएका विरामीलाई यूएसबाट प्राप्त भिटामिन र औषधी निशुल्क वितरण गरिएको न्यौपानेले बताउनुभयो । अधिबक्ता मायादेवी श्रेष्ठले गाउँमै पाठेघर र स्तन रोगको उपचार र औषधी पाएपछि महिलाहरु हर्षित भएको जनाइन् । त्यस्तै शिक्षिका तृष्णा भुजेलले उक्त रोगको उपचारका लागि हजारौं रुपैँया खर्चेर राजधानी जानु पर्...

भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्लामा बन्न लागेको भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास भएको छ । मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ र काठमाण्डौ महानगर पालिकाका उपप्रमुख सुनिता डगोंलले सयुक्त रुपमा आयोजनाको सिल्यान्यास गर्नु भएको हो । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिका बीचको भगिनी सम्वन्ध आधार आर्थिक सामाजिक विकासको लागि पर्यटन पुर्वाधार भन्ने मुल आधारलाई मानेर मेलम्ची नगरपालिका र काठमाण्डौ महानगरपालिकाको संयुक्त रुपमा आयोजनको सिल्यान्यास गरिएको हो । काठमाण्डौ महानगरपालीकाका र मेलम्ची नगरपालिकाको साझेदारीमा २ करोड ४ लाख ५६ हजार ५ सय तिन रुपयांको लागत मा भोटेचौर तपचुली पर्यटकिय विकासको लागि निर्माणको शुक्रबार शिलान्यास भएको हो ।कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान विभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेवी नगरका पूर्व प्रमुख , उपप्रमुख वडा अध्यक्षहरुको उपस्थिती रहेको थि...

कक्षा १२ को नतिजा सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ । जसका लागि लेन्डलाइन र मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट ल्भ्द्य टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।...

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

सिन्धु काँग्रेसक्षेत्र नं१मा बस्नेत सर्बसम्मत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं१को प्रतिनिधी सभा सदस्य मा पुर्ब मन्त्री मोहन बहादुरबस्नेत सर्ब सम्मत सिफारिस हुनु भएको छ । नेपाली काँग्रेस १ क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतीत्वमा बसेको भेलाले उक्त निर्णय गरेको हो । क्षेत्र नम्बर १समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । निर्वाचन क्षेत्र १ को प्रदेश क मा प्रत्यक्षतर्फ ११ जनो नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा पर्नेहरुमा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहनु भएको छ । समानुपातिकतर्फ भने प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ। यता निर्वाचन क्षेत्र १ को प्रदेश ख मा प...

जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् । समितिको सदस्यहरुमा विश्व आले, विच्छी थामी, रामबहादुर स्याङताङ, लक्ष्मण गुरुङ, लोकबहादुर श्रेष्ठ, शहरमान राई, सत्यनारायण डंगोल, शिद्धिबहादुर जोशी, हेपबहादुर थामी, अर्जुन श्रेष्ठ, आशारत्न डंगोल, इन्द्रबहादुर तामाङ, कविता प्रधान बैद्य, कृष्णबहादुर महर्जन, केदार गौतम, गीता शाही, जीवन महर्जन, दामोदर श्रेष्ठ, निरज गौतम, पञ्चमान बम्जन, फौथापा तामाङ, बाबुराजा प्रजापति, बिज...

पिस्करमा पहिरोमा परी मृत्यु पिडीतलाइ नेता बस्नेतकोसहयोग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पृथ्बी जगं पाण्डे सिन्धु पाल्चोक जिल्लाको पिस्करर त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर मा एक्कासि माथिबाट पहिरो खस्दा एक बटुवाको घटनास्थलमा नै मृत्यु भएको छ । स्थानीय मंगलामाइ माबिमा कक्षा ११ मा अध्यपनरत बर्ष १७ का अमित थामी को पुरानो पिस्कर स्थित बुसुन्डोल खोलाको पहिरोमा परी मृत्यु भएको हो।हिजो मामाघर आमा र बहिनि सहित मुलाबारी गएका थिए ।आज आफ्नो घर पिस्कर माझटोल आमा स्वस्थानि र बहिनि अमृता सहित घर फर्कदा अमित अघिअघि थिए ।बुसुन्डोल को ठाडो खोलामा आए पछि उनिलाइ माथिबाट आएको पहिरोले एक्कासि लागि टाउको र एउटा हात चुडिने गरी चोट लागी घटना स्थलमा नै मृत्यु भएको हो।अहिले घटना स्थलमा प्रहरी र स्थानीय पुगेका छन भने उनि संगै आएका आमा र बहिनि सकुशल छन। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ले घटना प्रती दुख ब्यक्त गर्दै थामी परिवारलाइ तत्का...

सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा बैंकरहरु संग आइतमान तामाङको छलफल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नगर प्रमुख आइतमान तामाङले आइतवार वहाँको कार्यकक्षामा बैंकरहरु संग सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा कसरी प्रभावकारी र सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएको छ । नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, वडाध्यक्षहरु लगायतको उपस्थित रहेको सो छलफलमा बैंकर संग सामाजिक सुरक्षा भत्ता सुविधा लिनेमा बृत र अपाङगता भएको हुने हुँदा लाभग्राही सम्म भत्ता पुग्न नसकेको गुनासो आएको हुँदा त्यसलाई कसरी प्रभावकारी र सहज रुपमा वितरण गर्न सकिन्छ, गम्भिर भएर सहयोग गर्न आग्रह गर्नु भएको थियो । उक्त छलफलमा नेपाल बैंक, कृषि बिकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र सिन्धु विकास बैंकका शाखा प्रमुखहरुको उपस्थित रहेको छलफलमा लक्ष्मी बैंकका शाखा प्रमुखले हामी छिट्टै स्मार्ट कार्ड सिस्टममा जान लागेको हाललाई वडा नं १० मा परिक्षणको रुपमा शुरु गर्न लागेको जानकारी गराएका थिए । साथै अन्य बै...

खानापकाउँने ग्याँसबाट घाइतेको उपचारलाई  बस्नेतद्धारा चेक हस्तानन्तरण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत द्धारा आगलागीबाट घाइते भएका हरुलाइ उपचार खर्च बापत नौलाख सहयोगको चेक हस्तानन्तरण गर्नु भएको छ । आईतबार बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परि सख्त घाइते भएका ९ जना लाई स्वास्थ्य उपचारको लागि भोटेकोसी गाउँपालिकाले सहयोग स्वरुप गरेको ९ लाख रुपैयाँ को चेक पिडीतलाइ हस्तानन्तरण गर्नु भएको हो । भोटेकोसी गाउँपालिका अध्यक्ष आदरणीय पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिका अन्तरगत ५ नम्बर वडाका अध्यक्ष दावात्याम्बा लामा लगायत का समुहले साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही १ लाखको दरले सहयोग गर्नुभएको हो । बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भोटेकोशी गाउँपालिका को ७ सहित ९ जना घाइते भएको समाचार पाउँन साथ नेता बस्नेत भेट्न जानु भएको थियो ।...