नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं१को प्रतिनिधी सभा सदस्य मा पुर्ब मन्त्री मोहन बहादुरबस्नेत सर्ब सम्मत सिफारिस हुनु भएको छ । नेपाली काँग्रेस १ क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतीत्वमा बसेको भेलाले उक्त निर्णय गरेको हो । क्षेत्र नम्बर १समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।
निर्वाचन क्षेत्र १ को प्रदेश क मा प्रत्यक्षतर्फ ११ जनो नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा पर्नेहरुमा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहनु भएको छ ।
समानुपातिकतर्फ भने प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ।
यता निर्वाचन क्षेत्र १ को प्रदेश ख मा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा परेकामा देवेन्द्र खड्का, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवण जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ, शर्मिता घिमिरे खड्का रहनु भएको छ । समानुपातिकमा ९ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेहरुमा दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमाजाङ्बो शेर्पा, चित्र मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठ रहनु भएको छ ।
यसै गरी क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ६ जनाको आवेदन परेको छ। सिन्धुपाल्चोक क्षेत्र २ कार्यसमितिले आवेदन दिएका ६ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति आइतमान तामाङले जानकारी दिनु भयो ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ आवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापा राजु गोर्खालीवंशलाल तामाङ शिव सुनार बिलबहादुर तामाङ अनुप न्यौपाने रहनु भएको छ। समानुपातिकतर्फ कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकाश लामा, सानुमाया हिमालय र जिमि लामाको नाम रहेको छ।निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क को लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाँ रहनु भएको छ ।
समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रिता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दंगाल र कमलरत्न दनुवार रहनु भएको छ .निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख को लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ। यस प्रदेशमा कृष्णकुमार तामाङ (समीर) पासाङ दोङ, विष्णु खड्का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा रहनु भएको छ ।समानुपातिकतर्फ बाट भने १६ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नाराणय गिरी रहनु भएको छ ।
