
दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको अरनिको यातायात समितिको अध्यक्षमा केदार क्षेत्री ले निर्वाचन जित्नु भएको छ ।यातायात प्रा.लीको ५० औं वाािर्षक साधारणसभा तथा अधिवेशनमा भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रत्यासी उद्धव गौतमले १२६ र नृपध्वज महतले ११८ मत प्राप्त गर्नु भएको थियो ।
२०६३ देखी २०६९ साल सम्म दुई कार्यकाल अरनिको यातायात समितिको अध्यक्ष हुनु भएका केदार क्षेत्री पुनः अध्यक्ष निर्वाचित भएपछि यातायात व्यवसायीमा ठूलै तरंग फैलिएको छ ।
। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष भए पछी काँग्रेसमा प्रबेश गर्नु भएका क्षेत्रीलाइ नेपाली काँग्रेसले प्रदेस सभाकोसदस्यमा समेत सिफारिस गरेको छ ।
