आदवासी जनजाति महिला उत्थान केन्द्र संस्थाको आयोजना,फ्रीडम किड ब्यागसँगको समन्वयमा किड ब्याग वितरण र वालविवाह न्युनिकरण सम्बन्धि १ दिने छलफल तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ मा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष हेम बहादुर तामाङको प्रमुख आतित्यथामा अतिथि वडा सदस्य सन्जिव तामाङ्ग, सुआहारा सहजकर्ता गिता राईमाझी,निर्मला श्रेष्ठ लगाएत प्रगतिशिल किशोर किशोरी समुहका संयोजक तथा किशोरी स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वालविवाह यसका असर साथै वालविवाह न्युनिकरण गर्नका लागि समुदाय स्तरमा किशोरी समुहको गठन गरिनुको उद्देश्य र भुमिकाबारे अध्यक्ष पानमाया तामाङ्गबाट जानकारी गराइएको थियो । समुदाय स्तरमा वालविवाह हिंसा न्युनिकरणका लागि युवाको भुमिका महत्व पुर्ण रहने,शैक्षिक गुणस्तर सगै किशोर किशोरीहरुमा चेतनाको विकास आवश्यक छ भन्ने भनाई वडा सदस्य सन्जिव तामाङ्गले राख्नु भएको थियो । वालविवाह न्युनिकरणका विषयसगै प्रजनन स्वास्थ्यलाई पनि ध्यानमा राखि वजारमा पाइने सेनिटरी प्याड यसको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराउदै प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न किसिमका संक्रमणहरुलाई हटाउन फ्रिडम किड ब्यागको प्रयोग गर्ने सल्लाह सुझावका साथ चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष हेम बहादुर तामाङ्ग र निर्मला श्रेष्ठबाट सहभागि किशोरीहरुलाई फ्रिडम किड ब्याग वितरण गरिएको छ ।
