नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी त्यागी ब्यक्ती भएको पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्व. गिरीको बिचारलाइ अगाल्न सके मात्र वास्तवीक श्रदान्जली हुने बताउँनु भयो । गिरीको स्वर्गारोहण भएको १३औँ दिन बिहीबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित शोकसभामा बोल्दै बस्नेतले प्रजातान्त्रीक पाटीमा सबैले बिचार राख्न पाइन्छ तर पार्टीको निती र निर्देशन पालना गर्न भने सबै एक भएर अगाडी बढ्न पर्छ भन्नु भयो ।
नेपाली कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने कार्यक्रम अन्तर गत चौतारामा पनी शोक सभा कार्यक्रम गरिएको हो । समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षका उमेरमा यही भदौ ४ गते निधन भएको थियो । २००४ असोज २४ गते गोवद्र्धन पूजाका दिन सिरहाको बस्तीपुरमा पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट जन्मनुभएका गिरी सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो । राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राखेर काम गर्ने नेतका रुपमा परिचतगिरी ।कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभयो । नेता गिरी नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आवद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभएको थियो ।कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ ५ गते बसेको आकस्मिक बैठकले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको थियो ।यसै गरी बहुआयामिक व्यक्तित्व गिरीको स्वर्गारोहणको तेह्रौँ दिनमा कांग्रेस केन्द्रीय समितिले शोकसभाको आयोजना गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा देशभर दीप प्रज्वलन गरेको छ ।नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबारै विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा बिहीबार साँझ दीप प्रज्वलन गर्न निर्देशन दिनुभएको थियो ।
