सम्पर्क

ग्रामीण क्षेत्रका महिलालाई गाउँमै निशुल्क उपचार

पूरानाकोट सामुदायिक स्वास्थ्य इकाई र धूलिखेल अस्पतालले संयुक्त आयोजनामा सुनकोशी गाउँपालिका–३ कालिकामा पाठेघर र स्तन रोग सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । दुई दिनसम्म चलेको शिविरमा १९८ महिलाहरुले निशुल्क उपचार र औषधी पाएका छन् । यसअघि उक्त गाउँमा स्त्रीरोगको कुनै शिविर नभएका कारण महिलाहरुले पाठेघर र स्तन रोग पालेर बसेका कालिका, ठोकर्पा, सुनखानी, यमुनाडाँडा, वाफल लगायतका महिलाहरुले पाठेघर र स्तनको निशुल्क उपचार र औषधी पाएको स्वास्थ्य इकाईका अध्यक्ष गोबिन्द न्यौपानेले लोकप्रिय समाचारलाई बताउनुभयो । शिविरमा आएका विरामीलाई यूएसबाट प्राप्त भिटामिन र औषधी निशुल्क वितरण गरिएको न्यौपानेले बताउनुभयो । अधिबक्ता मायादेवी श्रेष्ठले गाउँमै पाठेघर र स्तन रोगको उपचार र औषधी पाएपछि महिलाहरु हर्षित भएको जनाइन् । त्यस्तै शिक्षिका तृष्णा भुजेलले उक्त रोगको उपचारका लागि हजारौं रुपैँया खर्चेर राजधानी जानु पर्ने समस्या टरेकोमा खुशी ब्यक्त गर्नुभयो ।