सम्पर्क

भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास

सिन्धु पाल्चोक जिल्लामा बन्न लागेको भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास भएको छ । मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ र काठमाण्डौ महानगर पालिकाका उपप्रमुख सुनिता डगोंलले सयुक्त रुपमा आयोजनाको सिल्यान्यास गर्नु भएको हो । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिका बीचको भगिनी सम्वन्ध आधार आर्थिक सामाजिक विकासको लागि पर्यटन पुर्वाधार भन्ने मुल आधारलाई मानेर मेलम्ची नगरपालिका र काठमाण्डौ महानगरपालिकाको संयुक्त रुपमा आयोजनको सिल्यान्यास गरिएको हो । काठमाण्डौ महानगरपालीकाका र मेलम्ची नगरपालिकाको साझेदारीमा २ करोड ४ लाख ५६ हजार ५ सय तिन रुपयांको लागत मा भोटेचौर तपचुली पर्यटकिय विकासको लागि निर्माणको शुक्रबार शिलान्यास भएको हो ।कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान विभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेवी नगरका पूर्व प्रमुख , उपप्रमुख वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ समबोधन गर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मेलम्ची र काठमाडौं विच गहिरो सम्बन्ध रहेको बताउनु भएको छ ।शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा भोटैचौर एकिकृत पर्यटकीय पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले मेलम्चीको कुषि उत्पादनबाट काठमाडौंले लाभलिरहेको बताउनुभयो । उहाँले भगिनि सम्बन्ध भन्दैमा आर्थिक मात्र नभै सँस्कृतिक ,कृषिको पनि अनुसरण र लेनदेन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै आइतमान तामाङले साँच्चीकै काठमाण्डौ महानगर पालिका र मेलम्ची नगरपालिका बिच भगिनी समबन्ध कायम गरी एक आपसमा दुख शुख साटासाट गर्ने मात्र नभइ अत्याबश्यक सम्बन्ध भएका पालीका हरु भएकाले एक आपसमा सहमती सरसल्लाह अनुसार काम गर्न आफु इच्छुक रहेको बताउँनु भयो । स्मरणीयरहोस काठमाण्डौ महानगरपालिकाले अबैध रुपमा निर्माणभएका संरचना भत्काउँन शुरु गरे पछी तत्काल मेलम्ची नगरपालिकाले पनी यो अभियान चलाउँन लागेको कारण पनी काठमाण्डौ महानगर पालिका र मेलमची नगरपालिका बिच गहीरो सम्बन्ध रहेको प्रमाणीत भएको सहभागीहरुले बताएका छन ।
विगतमा नै काठमाडौ महानगरपालिका र मेलम्ची नगरपालिकाको भगिनि सम्बन्ध कायम भई यस योजनाको लागी काठमाडौं महानगर पालिका बाट १ करोड ५० लाख र मेलम्ची नगर पालिका बाट १ करोड गरि जम्मा २ करोड पचास लाखको टेन्डर भइसकेको र निकट भविष्यमा निर्माण कार्य शुरु हुने वडा अध्यक्ष कृष्णमुरारी चौलागाँईले जानकारी दिनुभयो । योजना सम्पन्न गर्नका लागि, सिँडि निमार्ण,गेट,पिकनिक स्पट, भोटेचौर चौकी भञ्ज्याङ र खाल्डेखोला तपचुली डाँडासम्म पैदलमार्ग निमार्ण गर्ने, खाल्डेमा बस पार्किङ ,प्रवेशद्धार,सार्वजानिक शैचालय, विश्रामस्थल,शिव र बुद्धको मुर्ति निमार्ण गर्नुपर्ने छ । त्यस्तै पिकनिक स्पटहरु,तपचुली, भ्यू स्टेशन,हरियाली पार्क, पातल गुफामा संरचना लगायतका काम सम्पन्न गर्नुपर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । पार्कको भित्रि बाटो, फाउण्डेशन, ढल ,हेलिप्याड,क्यान्टीन, ल्यान्डस्कोपिङ र टिकट काउण्टर निमार्ण गर्नुपर्ने सम्झौतामा रहेको छ ।  योजना सम्पन्न गर्नका लागि मेलम्ची नगरपालिकाले निति निमार्ण गर्ने,मापदण्ड बनाउने, कार्यान्वय गराउने र विकास पूर्वाधार निमार्ण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै स्थानिय बजार व्यबसायीले घर,पसल,व्यवसाय दर्तागरी करको दायरामा आउनुपर्ने, नगरपालिकाको मापदण्ड अनुसार घर तथा ब्यबशाय ब्यबस्थीत गर्नुपर्ने, आ आफ्नो घर पसल अगाडि व्यबस्थापन र सरसफाई गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको वडा अध्यक्ष चौलागाईले बताउनुभयो । तत्कालिन काठमाडौं महानगर पालिकाका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल बिच २०७७ पुष २१ गते १० बुदे समझदारी पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम भएको थियो । असल अभ्यास साटासाट, समृद्ध नगर निमार्णमा साझा प्रयत्न र सहकार्य, हितैसी सम्बन्ध संस्थागत सुदृणिकरण,असल अभ्यास र सफल अनुभवको आदानप्रदान ,स्थानिय पर्यटन प्रवद्र्धन लगायतका विषयमा केन्द्रित रहेर भगिनी सम्बन्ध स्थापना भएको निवर्तमान नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो । सुनकोशी वल्ड वाइड आकास जेभीले जिम्मा पाएको योजनाको २०८० जेठ १६ गते निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको छ । यो योजना मेलम्ची १ र २ मा सञ्चालन हुनेछ ।