सम्पर्क

अध्यक्ष उमेद्वार दीपकको नेतृत्वमा सयौँ नेता कार्यकर्ता जसपा प्रवेश 

शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द) का राजनारायण साह लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी प्रवेश गराउँनु भएको छ । नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेको जनता समाजबादी पाटीले जनाएको छ । यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बन्नु भएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीका प्रवक्ता मनिस सुमन, पार्टीका राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो ।
निर्वाचन नजिकिए सँगै पार्टी प्रवेशले तिब्रता पाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताउँनु भएको छ।