त्रिपूरा स्थानीय सरकारले दशै अगाडि गर्यो सडक मर्मत
पृथ्बी जङ्ग पाण्डे
सिन्धुपाल्चोक जिल्ला को त्रिपूरासुन्दरी गाउँपालिकाको सबै वडामा यातायातका साधन चलाउन सुरु गरिएको छ।वडा न १ घोर्थलिमा बार्हबिसे कर्थली हुँदै,वडा न २ चोकटीमा असोज ११बाट काठमाडौ ,बार्हबिसे धुस्कुन लाटु अरनिको यातायात चलाउन थालिएको छ।त्यसैगरी वडा न ३ धुस्कुन र वडा न ४ पिस्करमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा को समन्वयमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको पहलमा असोज १२ बाट अरनिको यातायातले सेवा दिन थालिएको स्थानीयले बताएका छन।वडा न ५ तथली र वडा न ६ टेकानपुरमा बर्ष भरी नै सेवा अरनिको यातायात को सेवा सुचारु गरिएको पालिकाको प्रबक्ता एवम् वडा न ६ का वडा अध्यक्ष रमेश बोहराले बताए।वडा न ५ का वडा अध्यक्ष यादप श्रेष्ठ र वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु( विजय ) को पहलकदामीमा टेकानपुर ,तौथली हुँदै सेवा दिन रातदिन खटिएका थिए।जसको फलस्वरुप पालिका पिस्कर तथा जलजले सम्म सार्वजनिक ...
