सम्पर्क

ट्रान्स सिल्कले लियो तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी

 

ट्रान्स सिल्कले नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको जिममेवारीसोमबार देखी जिम्मेवारी लिएको छ । तातोपानी-सुक्खा-बन्दरगाह-सञ्चालन-तथा-व्यवस्थापनको-लागि-Trans-Silk-Terminals-Pvt.-Ltd.-संग-सम्झौता-सम्पन्न-1 निजी क्षेत्रमार्फत पहिलो पटक ब्यवस्थापन संचालन आएको हो । आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिइएको इन्टर मोडेल यातायात विकास समितिले जनाएको छ। समितीका उप निर्देशक हरेकृष्ण मिश्रद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ । बिज्ञेप्ती अनुसारसमिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुख्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो। हस्तान्तरणको ६ महिनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो। २०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको बिज्ञेप्तीमा उल्लेख छ ।बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन होलेका थिए। प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको ले ट्रान्स सिल्कले बन्दरगाह सञ्चालनको जिम्मा पाएको हो । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोडरअनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने भएको छ। निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ।ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेवापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउन पर्ने छ।  कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले निजी क्षेत्रले पहीलो पटक गरेको ब्यस्थापन ले निरन्तरता पाउँने बिश्वास ब्यक्त गर्नु भयो भने भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासागंनुर्पुशेर्पाले पहीलो पटक निजी क्षेत्रले जिम्मा लिएको यो ब्यवस्थापन नमुनाको रुपमा सञ्चालन गर्नु पर्ने बताउँदै आफुहरुको तर्फबाट हुन सक्ने सहयोग गर्ने बताउँनु भयो ।