सम्पर्क

ईन्द्रावती गाउँपालिकाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


विपना तामाङ (गोले)

ईन्द्रावती गाउँपालिकाले विजया दशमी तथा नजिकिदै गरेको शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य  एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले शुभकामना दिनुहुँदै दशै पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै सत्यको विजय भएको दिन महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका नेता बिष्णु बिक्रम थापाले जनतालाई अधिक रूपमा सेवा दिने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । “यस चाडपर्वले सोच बिचारमा परिवर्तन आवोस सुभकामना छ,” उहाँले भन्नुभयो । विजयादशमी नेपालीहरुको महान चाड रहेको बताउँदै खर्चिलो नबनाई घरमा भएको जे जस्तो परिवारमा छ उसैमा रमाइलो गर्नु पर्ने गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले बताउनुभयो । यसैगरी ईन्द्रावती गाउँपालिका इन्चार्ज डबले लामाले चाडपर्वमा अत्याधिक रुपमा माद्यपान सेवन गर्ने जुवा तास खेल्ने जस्ता कार्य नगर्न सम्पुर्ण गाउँबासीमा आग्रह गनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले हाम्रा साँस्कृतिक चाडपर्वले सत्कर्मको बाटोमा लाग्ने प्रेरणा मिल्ने बताउनुभयो । साथै आफुले रचनात्मक आलोचनाको सधै स्वागत गर्ने समेत बताउनुभयो । घाटि हेरेर हाड निल्नुपर्छ भन्ने विचारको साथ आफ्नो गच्छेअनुसार दशै मनाउन आग्रह गर्नुभयो । शुभकामना शुभकामना मन्तव्यकै क्रममा पालिका उपाध्यक्ष शोभाना तामाङले संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने बताउनु भयो । कार्यक्रममा नवलपुर स्वास्थ्य चौकिका कर्मचारी लगायतले स्वागत गित मार्फत नृत्य प्रस्तुत गर्दै शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा विभिन्न राजनितिक दलहरूले शुभकामना आदानप्रदान गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।