सिन्धु पाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकनले सरसफाइ अभियान चलाएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा सोमबार बिहान खोर्सानीबारी बदेखी सरसफाइ अभियान शुरु गरिएको हो ।
बार्हबिसे नगरपालिकाको आयोजनामा सरसफाई तथा सचेतना कार्यक्रम अन्तर्गत नगर प्रमुख बाल कृष्ण बस्नेत , उप प्रमुख,मन्जु तामागं सहीत सोमबार सुरक्षाकर्मी नगरपालिकाका कर्मचारी एबम पदाधिकारी ससमाजसेवी, प्रहरी प्रशासन, बुद्दिजिबी, कर्मचारी, स्थानीयबासि, ब्यापारी सहीतले सरसफाइ गर्नु भएको थियो । सो अबशरमा नगर प्रमुख बस्नेतले चाडबाडमा मात्र होइन बाह्र्बिसे नगरलाइ सँधै सफा राख्न अनुरोध गर्नु भयो ।
