सम्पर्क

काँग्रेस सँधै जनताको पक्षमा छःः बस्नेत

नेपाली काँग्रेस सँधै नागरिकको दुखमा साथ दिने पाटी भएकाले यस पटक सबैले कााग्रेसलाइ जिताउँने नेपाली कााग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बलेफी गाउँपालिका वडा नं ८ जुरे ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम भवन निर्माण शिलान्यास तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रममा प्रमसख अतिथीको आशन बाट बोल्दै यस्तो बताउँनु भएको हो । भबन सिल्यान्यास गर्दै बस्नेतले नेपाली काँग्रेस बिकासगर्ने पाटी भएकाले सिन्धुपाल्चोकमा गत स्थानीय निर्बाचनमा पहीलो पाटी बन्न सफल भएकोर आगामी मैसीर ४गते पनी पहीलो पाटी बन्ने बताउँदै चुनावमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, जिल्ला प्रहरी प्रमुख रामेश्वर यादव, शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, काङ्ग्रेस बाग्मती प्रदेश सदस्य मसिना खड्का भण्डारी, महासमिति सदस्य राजेन्द्र कुमार श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत, त्रीपुरासुन्दरी गाउँपालिका प्रमुख भक्त ध्वज बोहोरा, बलेफी गाँउपालिकाका उपाध्यक्ष सरु तामाङ, सिन्धुपाल्चोक काङ्ग्रेस नेता केदार क्षेत्री, नेपाल शिक्षक संघ अध्यक्ष, वडा अध्यक्षहरु लगायत स्थानीय को उपस्थिति मा कार्यक्रम भएको थियो ।