सम्पर्क

सिन्धु १मा काँग्रेसका बस्नेत नैे उमेद्धार बन्ने नेताहरुको दावी

आगामी मंसीर ४ गते हुने प्रतिनीधी सभा र प्रदेस सभाको निर्बाचनमा अझै पनी गठबन्धन दलहरु बिच सहमती हुन सकेको छैन । सहमती नजिक पुगेको बताइता पनी सिन्धु पाल्चोक जिल्ला लगाएतका केही निर्बाचन क्षेत्रहरुमा गठबन्धन दल बिच भागबण्डा नमील्दा सहमती हुन नसकेको हो । गठबन्धनका नेताहरु बिच २०७४मा भएको निर्बाचनमा गठबन्धन भित्र रहेका दलहरुले निर्बाचन जितेका स्थानहरुमा सोही दलले लिने र बाँकी एमाले लगाएत गठबन्धन बाट बाहीर रहेका दलहरुले निर्वाचन जितेको क्षेत्रमा भागबण्डा गर्ने भनीएता पनी केही क्षेत्रहरुमा परिबर्तन नभए गठबन्धनले हार्ने भन्दै गठबन्धनका प्रभावशाली नेताहरुले टिकटको दाबी गरेका कारण सहमती हुन नसकेको हो । यसै सन्धर्भमा आफ्नो बलियो आधार रहेको सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं १मा लामो समय सम्म क्षेत्र नं १मा राजिनीती गर्दै आउँनु भएका मोहन बहादुर बस्नेत र अग्नी प्रसाद सापकोटा मध्य कसलाइ दिने भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको क्षेत्र हो । जिल्ला स्थित कााग्रेसका नेताहरु भने काँग्रेस ले नै टिकट लिने दावी गरिरहनु भएको छ । नोपाली काँग्रेसका जिल्ला सभापती जगं बहादुर लामाले भने सिन्धुपाल्चोकमा मोहन बहादुर बस्नेत नै १ नम्बर क्षेत्रको उमेद्धार भएकोले यसमा बहस गरिरहन नपर्ने बताउँनु हुन्छ उँहाले बस्नेतको प्रयासले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख÷ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जितेको छ । यसरी अत्याधिक मत ल्याँउनमा नेता बस्नेतको सक्रीयता नै मुख्य श्रोत भएको लोकप्रिय नेतालाइ पाटीले स्थान नदीदा पाटीका कार्यकर्तामा असन्तुष्ट उत्पन्न भइ कार्यकर्ता को मनोबल गिर्ने भएकाले नेतृत्वतहले कार्यकर्ताको भावना अनुसार काम गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रका क्षेत्रीय सभापती तथा बाह्र्बिसेनगरपमालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । उता मोहन बहादुर बस्नेतले केन्द्रीय कार्यसमितीको बैठकमा गठबन्धनका नाममा पाटीले आफ्नो पकड क्षेत्र अरुलाइ दिन नसकिने बताउँदै त्यस्तो परिआए आफुले बिद्रोह गर्न बताइ सक्नु भएको छ । पाटी जिल्ला सचिब तथा त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले प्रदेस समिती क्षेत्रीय कार्य समिती तथा जिल्ला कार्य समितीले समेत सर्ब सम्मत एकल नाम सिफारिस गरेर पठाएको ब्यक्ती नै यस क्षेत्रको उमेद्धार हुने बताउँनु भयो ।उँहाले सिन्धुपाल्चोकको १ नं क्षेत्रमा पाटीले पहीलो स्थान ओगटेको उदाहरण दिदै बस्नेत नै बलीयो उमेद्धार भएको बताउँनु भयो । जिल्ला कार्य समितीका उपसभापती टंक कार्कीले मोहन बहादुर बस्नेतको बिकल्प गठबन्धनमा अरु नभएकाले पनी बस्नेत नै उमेद्धार हो यसमा धेरै कुरा नगरी काँग्रेसको रुख चिन्हमा मत माग्न कार्यकर्ताहरुलाइ अनुरोध गर्दछु भन्नु भयो । यता २ नै क्षेत्रमा पनी जसले लिए पनी कााग्रेसले लिने भएकाले यो उ नभनी रुख चिन्हका उमेद्धारदलाइ निर्बाचन जिताउँन २ नं क्षेत्रीय सभापती तथा मेलमची नगरपालिकाका प्रमुख आइतमान तामागंले सबैलाइ अनुरोध गर्नु भएको छ ।