सम्पर्क

सिन्धुपाल्चोकमा पनी घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले सिन्धुपाल्चोकमा पनी सगठन बिस्ता गरेको छ । सगठन बिस्ता सँगै क्षेत्र नं २को प्रत्यक्ष तर्फ उम्मेद्धार पनी घोष्णा भएको छ । जिल्ला सभापतिमा माया गुरुङ चयन हुनुभएको छ भने गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गर्नुभएको छ ।शनिबार चौतारामा भएको पार्टीको कार्यक्रममा गुरुङलाई सभापति चयन गरेको हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल लाइ चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताउनुभयो ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही समेत हुनुहुन्छ । जिल्ला भेलामा प्रमुख अतिथि रवि लामिछानेले पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने बताउदै सबै मतदाताले आफ्नो आवद्धता रहेका दलहरूलाई सचेत गराउन पनि आफ्नो मत परिवर्तन गर्नैपर्ने बताउनुभयो ।