सम्पर्क

सिन्धु राप्रपाको प्रशिक्षण कार्यक्रम चौतारामा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा प्रशिक्षण कार्यक्रम गरेको छ । पाटीको पूर्व अध्यक्ष तथा पूर्व जलश्रोत मन्त्री पशुपति शमसेर जबरा को प्रमुख आतित्यथा र राप्रपा जिल्ला अध्यक्ष निल ध्वज थापाको सभापतित्वमा कार्यक्रम भएको हो । केन्द्रीय प्रशिक्षण विभागका सदस्य तथा प्रवक्ता भक्ति सिटौला र केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग सदस्य खुस्वु ओली को बिशेष अतिथ्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल््ला स्तरिय एकदिने प्रशिक्षण कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको पाटीका कार्यलय सचिब ध्रुब कुमार थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार नजिकिदै गएको चुनावी कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि पशुपति शम्सेर जबराले सिन्धुपाल्चोक मेरो अत्यान्तै प्रिय घर हो यहाँका सबैजना मेरा प्रिय तथा प्यारा हुनुहुन्छ र परिवार को सदस्य हुनुहुन्छ । हाम्रो पार्टीले मात्र जनताको भावना बुझन सक्छ । देशले आर्थिक क्रान्ति गर्ने अवसर पाएको छैन भन्नु भयो । उँहाले भ्रष्टचारले सीमा मिची सकेको छ। हाम्रो उदारवादी अर्थतन्त्र व्यवस्था भएको पाटीले मात्र देशलाई निकास दिन सक्छ । अहिलेको चुनावमा म सिन्धुको मात्र हैन राष्ट्रिय जन लहरको चाहाना अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाइ सघाउने छु भन्दै सबैले उँहालाइ सघाउँन पर्छ भन्नु भयो । त्यसैगरी केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले राष्ट्रपतिलाई पार्टीको माया हुन्छ तर राजालाई देशको माया हुन्छ । देशको माया नभए पछि भ्रष्टचार र वेथिती बढ्ने गर्दछ। त्यसैले हामी हिन्दु राज्य र राजा सहितको प्रजातन्त्रको पक्षमा छौ भन्नु भयो । त्यसैगरी सभापतिको आशनबाट बोल्दै निल ध्वज थापाले पार्टीको सवै नेता तथा कार्यकर्ताहरु इमान्दार हुन पर्छ । हाम्रो इमान , नैतिकता र धर्मलाई कहिेले भुल्नु हुदैन । एउटा पार्टी को भण्डा मुनी बसेर अरुको गुणगान गाउने र आफ्नो घरलाई आगो लगाउने काम कोही कसै बाट नहोस भन्नु भयो । कार्यक्रममा सिन्धुपाल्चोकका केन्द्रिय सदस्य हरु पुर्व केन्द्रिय सदस्य हरू, जिल्ला सदस्य हरु, क्षेत्रीय कमिटी , प्रदेश कमिटी तथा नगर र गाउ कमेटी साथै भातृसंगठ का अध्यक्ष र प्रतिनीधि तथा राप्रपाका शुभ चिन्तक हरु को उल्लेखनीय उपस्थिती रहेको राप्रपा २ नं क्षेत्रीय सभापती कुमारी तामागं ले जानकारी दिनु भयो ।