सम्पर्क

कृषी पकेट बन्दै मेलम्ची,ढकालथोक

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका मा कृषी घुम्ती शिविर भएको छ । मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको आ.व. २०७९÷०८० को स्कविकृत कृषि विकास कार्यक्रम अनुसार १ दिने स्थलगत घुम्ती शिविर भएको मेलम्ची नगरपालिका कृषि विकास शाखाकाकृषि प्राविधिक हरिगोपाल श्रेष्ठ ले जानकारी दिनु भएको छ ।उँहाका अनुसार २०७९ साल असोज ९ गते मेलम्ची नगरपालिका वडा नं १२ ढकालथोकमा रहेको श्री आधुनिक कृषि सहकारीको समन्वय तथा मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनमा सम्पन्न गरिएको हो । जसमा ५५ जना कृषकहरुको माटो परीक्षण गरिएको थियो ।उक्त माटो परीक्षण प्रतिवेदनको आधारमा निशुल्क रुपमा कृषि चुन वितरण गरिने श्रेष्ठ ले बताउँनु भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाले मेलम्ची नगरपालिका ढकालथोकका कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहनुभएकाले ढकालथोक लाइ तरकारी पकेटको रुपमा विस्तार गरिने लक्ष्य राखिएको र सोहि अनुसार पकेट क्षेत्र घोषणा गरिने भएको छ ।