सम्पर्क

ब्रेकिङ न्युज १

टपरी गाँस्ने प्रतियोगिता

ब्रेकिङ न्युज १, समाचार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ । टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेल...

ट्राफिक प्रहरी द्धारा सबारी चालकहरूको स्वास्थ परीक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला ट्राफिक कार्यालय अधेँरीले बुधबार २ सय भन्दा बढी सबारीका चालकहरुको स्वास्थ परीक्षण गरेको छ। जिल्ला ट्राफिक कार्यालय अधेँरीले सवारी सञ्चालन गरिरहेका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्रफिक प्रहरी प्रमुख उत्तम आचार्यले बताउनु भयो।स्वास्थ्य परीक्षणमा वल्र्ड प्रेसर,आँखा जाँच गरिएको थियो । स्वास्थय परिक्षण कार्यक्रममा बलेफि गाँउपालिकाका अध्यक्ष गंगा बहदुर तामाङ स्थानिय र प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्युन होइन शुन्यमा ल्याउँन पर्छ भन्दै आचार्यको नेतृत्वमा सडकको दाँया बाँया मा रहेका फोहोर समेतलाइ सफा गरी सडक सफा गर्ने, सवारी साधनहरुको निरिक्षण गर्ने , यात्रीलाइ भाडा बढी लिएको छ की छैन भनेर छड्के जाँच गर्ने लगाएतका जनसरोकारका पक्षमा काम गरिरहेको छ । खास गरी सवारी सञ्चालनमा कसरी व्यबस्थीत गर...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ । निगमले सोमबार विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तीमा भनिएको ...

आफ्नो रक्षा आफै गर्न किशोरिलाई तालिम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौताराका किशोरीहरुलाई आत्मरक्षा तालिम दिएर शसक्त बनाउन लागिएको छ । शारीरिक खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सीपको विकास गर्न र किशोरीहरुको आत्मरक्षामा बृद्धि गर्न तालिम दिईएको हो । किशोरीहरुलाई आपतकालिन अवस्थामा आत्मरक्षा गर्न सक्षम बनाउने उद्धेश्यले आदिवासी जनजाति महिला उत्थान केन्द्र र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को समन्वय र सहयोगमा एक दिने आत्मरक्षा सम्वन्धी अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको हो । किशोरीहरुलाई कमजोर आँक्ने र उनिहरुमाथि विभिन्न प्रकारका दुव्र्यवहार हुने गरेकामा तालिमले यसमा कमि ल्याउने अपेक्षा समेत राखिएको छ । यसका अतिरिक्त बिहानको फुर्सदको समयको उचित उपयोग, स्वस्थ बनाउन र अनुशासन कला सिकाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङको छ । तालिममा चौतारा साँगाचाोकगढ...

डडुवा सहकारीकोे १४औं साधरण सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालीका –१४ डडुवामा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केसब प्रसाद नेपालको अध्यक्षता तथा वडा नं. १४ को वडाध्यक्ष उद्वव नेपालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष नेपालले सभालाई सम्बोधन गर्दैसहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीमा जोडिन आवस्यक रहेको बताउनुभयो । उहाँले बचत गर्ने बानीले नै घरको समस्या टार्न सकिने भएको हुदा हरेक सहकारीका माध्यमबाट आयमुलक काम गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका कोषध्यक्ष सीता बस्नेतले ५ करोड ११ लाख २६ हजार ८ सय ८६ रुपैया ९४ पैसा बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा ४१४ जना शेयर सदस्य रहेको जानकारि दिनुभयो । संस्थाका सचिव भेष बहादुर खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष केशव नेपालले प्रगती...

अनुगमन टोली बाह्रबिसेमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ । बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार पुगेको छ । बाह्रबिसे नगरपालिकाभर मेडिकल, हार्डवेयर, खाद्य स्टोर, किराना पसललगायतका २१ वटा व्यवसायको भने अनुमगन गरिएको थियो । जसमा दुईमा कानुनसम्मत नदेखिएपछि १० हजार रुपैयाँका दरले जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार अनुगमन गर्दा स्टिकर नभएको बेकरी सामग्री, चलकेट, बिस्कुट, जुस, आचार, चाउचाउ, विस्कुट, पेयपदार्थलगायतको सामग्री भेटिएको छ । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७÷७ जनामा बाँडिएर बजार अनुगमन सुरु भएलगत्तै अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थालेको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी न...

बागमती प्रदेश ः एक लाखले एसइई परीक्षा दिँदै

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा आजदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिनुभयो । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पु¥याउनेलगायतका काम भइसकेको उहाँले बताउनुभयो । यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्...

सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...

पत्रकार आचारसंहिता र निर्देशिका पालना नगर्ने लाई कारबाही गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ ? यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभएको छ । काउन्सलिका अध्यक्ष बस्नेतले ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन ? भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताउनुभयो । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो ।उहाँले...

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रासायनिक मल वितरण गरिरहेको स्थानीय सहकारी सँगको अन्तरक्रिया, गोष्ठि तथा रासायनिक मलको कार्ड तथा भरपाई वितरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्य...