चौतारा साँगाचोकगढी नगरपालीका –१४ डडुवामा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केसब प्रसाद नेपालको अध्यक्षता तथा वडा नं. १४ को वडाध्यक्ष उद्वव नेपालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष नेपालले सभालाई सम्बोधन गर्दैसहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीमा जोडिन आवस्यक रहेको बताउनुभयो । उहाँले बचत गर्ने बानीले नै घरको समस्या टार्न सकिने भएको हुदा हरेक सहकारीका माध्यमबाट आयमुलक काम गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका कोषध्यक्ष सीता बस्नेतले ५ करोड ११ लाख २६ हजार ८ सय ८६ रुपैया ९४ पैसा बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा ४१४ जना शेयर सदस्य रहेको जानकारि दिनुभयो । संस्थाका सचिव भेष बहादुर खत्रीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष केशव नेपालले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।स्वागत मन्तब्य राख्दै सहकारिका उपाध्यक्ष जीवन कृष्ण नेपालले सहकारिताका माध्यमबाट गरेको कामलाई सधै सफलता हुन्छ भन्ने छैन कही कतै सानातिना कमि कमजोरिलाई सुधार्नका लागि मार्ग निर्देशन दिन शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । सञ्चालक समितिद्धारा प्रस्तुत आ.ब.२०७८÷०७९ को बार्षिक प्रतिवेदनमाथी छलफल गरी पारित गरेको र लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको बासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरण आ.ब. २०७८÷०७९ मा भएगरेका आर्थिक गतिविधिहरुलाई कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गरेको थियो ।
