सम्पर्क

बृहत स्वास्थ्य शिविर सम्पन्न

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका – ५ सुनखानीमा वडा कार्यालयमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबार सुनकोशी गाउँपालिकाको आयोजन र ह्याम्स हस्पिटल काठमाण्डौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर स्वास्थ्य सेवाको पहुच नपुगेको ग्रामिण समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको ५ नं. वडाको वडाध्यक्ष जाल बहादुर लामाले बताउनुभयो ।
शिविरबाट २५२ जनाले सेवा लिएका छन् । जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना संकास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना मालाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे को सेवा लिएका छन् । सो शिविरको अवसरमा पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना र उपाध्यक्ष कान्छि लामाले देविस्थान स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा प्रेसर, सुगर, दम, र मानसिक रोगीहरुको लागि निःशुल्क औषधी वितरण कार्यक्रम तथा ग्रामिण महिला अल्ट्रासाउण्ड संचालन कार्यक्रमको शुभारम्भ समेत भएको छ ।
शिविर वडाको वडाध्यक्ष, पालिकाका अध्यक्ष उपाध्यक्ष, प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाललगायत जनप्रतिनिधिरु, समाजसेविहरु, स्वास्थ्यकर्मीहरु, प्रहरी प्रशासन लगायत स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।
बृहत स्वास्थ्य शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा संचालन गरिएको थियो ।