जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको अध्यक्षमा नवराज गुरागाँइ चयन हुनुभएको छ ।
शनिबार भएको ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गुरागाइ सहित ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पातली थामि , सचिवमा शम्भु वि.क.सहसचिवमा सानुकान्छा तामाङ र कोषाध्यक्षमा शान्ता विक चयन हुनुभएको नवनिर्वाचित जिला अध्यक्ष नवराज गुरागाइँले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा ग्याल्जेन लामा,अलैंची अधिकारी , विधा विक,सेल दोर्जे बोम्जन ,मसलि तामाङ र यदुकुमार पाध्य चयन हुनुभएको हो ।
शनिबारको अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ ।
सोम प्रसाद भण्डारीको संयोजनत्वमा ८ सदस्यीय सल्लाहकार समिति चयन गरिएको सल्लाहकार समिति सदस्य बिस्वराम गुरागाँइले जानकारी दिनुभयो । समितिमा हरिप्रसाद भण्डारी ,फुर्पास्याङ्बो दोङ,माधवप्रसाद ढकाल,छिरिङ ग्याल्बु लामा,सन्चमाया तामाङ,चक्र बहादुर श्रेष्ठ बिस्वराम गुरागाँइ र कृष्ण नेपाली चयन हुनुभएको छ ।
