राप्रपा महिला संगठन महाधिबेशन,भ्रष्टचारको फाइल खोल्न लिङ्देनको अनुरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठनको महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु भएको छ । आइतबार भएको पार्टी निकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले वाइडबडी, लडाकु शिविर लगायतको फाइल पनि खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह आग्रह गर्नु भएको छ ।(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न सरकारसँग अनुरोध गर्दै ‘लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउमा परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु यो छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ भन्नु भयो । उँहाले ‘ प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुव...
