सम्पर्क

ब्रेकिङ न्युज १

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्पले २० घर भत्किए

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ५ कात्तिक : धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । काठमाडाँै उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्त...

टुँडिखेलमा फूलपाती बढाइँ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो । बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने ...

प्रदेश राजधानी हेटौँडा अपायक भएको मुख्यमन्त्रीको गुनासो

ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, ३ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताउनुभयो । बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताउनुभयो । मुख्यमन्त्री जम्मकट्टेलले भन्नुभयो, “प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर...

कान्तिपुरका उपसम्पादक पौडेल सम्मानीत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापती एवम् कान्तिपुर दैनिकको उपसम्पादक ऋषिराम पौडेललाई ‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मान गरिएको छ । गाउँपालिकाले       २०४९ सालदेखी सिन्धपाल्चोक जिल्लाबाट पत्रकारिताको यात्रामा लाग्नुभएका पौडेलको कलमले सिन्धुको समृद्धिमा टेवा पुगेको भन्दै सुनकोशी गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । पौडेलललाई सम्मान गर्दै पत्रकारिता गर्व गर्न र अनुकरण गर्न लायक भएकोले उँहालाई सम्मानीत गर्ने अबसर पाँउदा आफुलाई खुशी लागेको बताउँनु भयो । उहाँले बिगतका दिनहरुमा भन्दा शिक्षा क्षेत्रमा प्रगती भएको भन्दै बिद्यालयमा पढ्ने र पढाउँने काममा प्रत्यक्ष रुपमा उपलब्धी हुन पर्ने बताउँनु भयो । सम्मान कार्यक्रममा गाउँपालिकाले वनजङ्गल जोगाउँन ठुलो भुमिका निर्वाह गर्नु भएका शारदा...

निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले लिए सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् । शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा. धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा.हरुको टोलीले सेवा प्रदान गरेको थियो । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।...

नगर बाल सञ्जालमा श्रेष्ठ

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरभित्र माध्यमिक विद्यालयमा बाल क्लब र स्काउटमा आबद्ध २ छात्रा र २ छात्र सहभागीमा बालभेला, अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । भेलामा नगरपालिकाका उपप्रमुख सीता थापा, सामाजिक विकास संयोजक रामप्रसाद गौतम, विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिति रहनुभएको थियो । भेलामा उपस्थित बालबालिकालाई बालबालिका कर्मी ललित रानाले बाल अधिकार र बालबालिकाको नेतृत्व तथा सशक्तीकरणका लागि प्रशिक्षण गर्नु भएको थियो । अब बन्ने नयाँ समितिले बालबालिकाको क्षेत्रमा अझ सक्रिय रहनु पर्ने र नगरलाई बाल मैत्री घोषणा गर्न तोकिएका सूचकहरु पूरा गर्न नगर बाल सञ्जालको महत्त्पूर्ण भूमिका रहने कुरा बताउदै भेलालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन बालबालिका तथा महिला शाखाका शाखा अधिकृत गोविन्द ढुङ्गेलले गर्नुभएको थियो । गत वर्ष गठित बाल सञ्...

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ: काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ ।काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो । ‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकारितालाई जिवित बनाइराख्न पनि कार्टुन विधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जिवित रहन्छ ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको ...

जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषिला खाद्य वितरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिका– ५ नम्बर वडाले दशैंको पुर्वसन्ध्यामा वडा भित्रका जेष्ठ नागरिक, सुत्केरी महिला बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई हर्लिस र एक थान थर्मश,सुत्केरी महिलाहरुलाई पोषणका सामग्रीहरु अण्डा, गेडागुडी लगायत विभिन्न प्रकारका मसलाहरु प्रदान गरिएको हो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामाले सुत्केरी र वृद्धाहरुलाई उक्त सामग्री प्रदान गर्नुभएको थियो । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत नै सरस्वती आवि शिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्कुल ब्याग,महिला समुहको कार्यालयका लागि आवश्यक फर्नीचर पनि वडाले उपलब्ध गराएको थियो । त्यस्तै युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत भुमेश्वरी मावि, रतनकोट आवि र सरस्वती आधरभुत विद्यालयलाई खेलकुदका सामग्रीहरु पनि प्रदान ग...

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी स...