सम्पर्क

ब्रेकिङ न्युज १

२४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको छु , मन्त्री दुलाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बताउँनु भएको छ । उँहाले उक्त कुरा ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । ऐसेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेकोमा आफुलाइ खुशी लागेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको बताउनुभयो । आफ्नो कर्म थलोको सेवा गर्न छोडेर बिदेश गएर कहिल्यै देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नू पर्ने उहाँको भनाई थियो । विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै मन्त्री दुलालल...

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
काठमाडाैँ २५ असोज : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेकाे थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्...

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो । उहाँले भन्...

बाघ र बाँदरका बिरुद्ध प्रहरी परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वडाले गाउँमा पसेको बाघ, बाँदर लगायतका वन्यजन्तु धपाउन प्रहरी परिचालन गरेको छ । वडा अध्यक्ष रोशनराज गिरीले स्थानीय नागरिकले दुख गरेर बर्षाभरी गरेको खेती भित्राउँने बेला बन्यजन्तुले बिनास गरिदिएपछी यसको नियन्त्रणको उपाय खोजी गरिरहनु भएको अबस्थामा बच्चा सहितको बाघिनी गाउँ नजिक पटक पटक देखिन थालेपछी स्थानीय नागरिक र सुरक्षा कर्मी सहीतको टोलीले बाँदर र बाघको खोजी गर्न लागीएको हो । गाउँमा पटकपटक गरी २० वटा खसीबाख्रा मारी सकेपछी दिउँसै मानिसलाई नै आक्रमण गर्न थालेकाले बाघको खाजी गरि बन्य जन्तु संरक्षण कार्यालयलाई जिम्मा लगाउँनका लागी बाघको खाजी गरेको र यस क्षेत्रमा बाँदर पनि नआओस् भन्नका लागी बुधबार स्थानीय ससहत प्रहरीहरु परिचालित भएको वडाअध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘बाँदर, बँदेल, मृग लगायतका वन्यजन्तुले पहिलेद...

संघ र प्रदेसको योजना कार्यन्वयनमा पारदर्सीता हुन पर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सघ र प्रदेसको बजेट कार्यन्वयनमा सहजता र पारदर्सीताका लागी मङ्गलबार जिल्ला स्थित बिकासमुखी कार्यलय प्रमुखहरुको बैठक बसेको छ। जिल्ल सम्मन्वय समितीको कार्यलयमा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सघ र प्रदेस बाट बिनीयोजन भएका जिल्ला स्थित कार्यलयहरु मार्फत गरिने योजनाका बारेमा छलफल भएको थियो । छलफलमा बैठकको अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समिति सिन्धुपाल्चोक का प्रमुख बालकृष्ण श्रेष्ठले एउटै योजनाको नाममा स्थानीय, सरकार प्रदेस सरकार र केन्द्र सरकारबाट बजेट बिनीयोजन भएको छ की छैन यकीन गरेर स्थानीय सरकार सँग सम्मन्वय गरेर योजना हरु कार्यन्वयन गराउँदा पारदर्सिता हुने बताउँनु भयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न कार्यालयका प्रमुख संग मङ्गलबार २०८० ÷ ८१ को लागि संघ र प्रदेश बाट , विभिन्न स्थानीय तहरुमा आएको बजेट तथा अन्य क्र...

सुनकोशीमा दुर्घटना न्युनिकरण गर्न सडकमा चेतनामूलक साईन बोर्ड

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सुनकोशीमा दुर्घटना न्युनिकरण गर्न सडकमा चेतनामूलक साईन बोर्ड राखिएको छ । सुनकोशी गाँउपालिकाको आर्थिक सहयोगमा जिल्ला ट्राफिक कार्यालयको समन्वयमा दुर्घटना न्युनिकरण गर्न जिरी सडकको ६ कि.मिमा जनचेतनामूलक साईन बोर्ड राखिएको हो । सुनकोशी –७ स्थित जिरी सडकको ६ कि.मिको मोडमा बिगतदेखि नै धेरै जसो दुर्घटना भैई रहने र धरै जसो दुर्घटनामा मानविय क्षति भैई रहेकोले उक्त ठाउँमा आउदा दिनहरूमा तेस्ता दुर्घटना नहोस् भनी जिल्ला ट्राफिक सिन्धुपाल्चोकसँग समन्वयमा सन्देशमुलक पर्चा, सडक छेउमा दुर्घटना संकेतहरू राखिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभयो । अरनिको सडक र जिरी सडकमा धेरै जसो दुर्घटना भैई जनधनको क्षति हुने गरेकोले सम्बन्धित गाँउपालिका, नगरपालिकाहरूसँग समन्वय गरि जनचेतनामूलक वोर्ड दुर्घटना भईरहने ठाउँहरूमा राख्ने, र पर्चाहरू चालक र यात्रुहरूलाई ...

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनले लियो उग्ररुप

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका माग सम्बोधन नभए पछी शुरु गरिएको आन्दोलन ले उग्ररुप लिने भएको छ । स्थानीय तह कर्मचारी सघर्ष समितीको सोमबार बसेको बैठकले शान्तीपुर्ण आन्दोलनमाथी सरकारले बल प्रयोग गरी १२५जनालाइ लाठी प्रहार बाट घाइते बनाएको भन्दै मङ्गलबार देखी शसक्त रुपमा आन्दोलनमा प्रस्तुत हुने निर्णय गरे सँँगै स्थानीय कर्मचारीहरको आन्दोलन उग्र हुने भएको हो । नेपालहिरुको महान चाड नजीकीदै गर्दा स्थानीय स्तरमा गरेका कामहरु र स्थानीयहरुले पाउँने सुबिद्याहरुमा समेत आन्दोलनका कारण स्थानीय हरु मर्कामा परिरहेको बेला सरकारले समस्या समधान गर्नका साटो आन्दोलनलाइ अझ बढी सशक्त रुपले अगाडी बढाउन बाध्य बनाएको सघर्ष समितीका सहसंयोक राम  न्योपानेले बताउँनु भए को छ ।    उँहाका अनुसार आन्दोलना महीला सहीत २५जनाकर्मचारी गम्भीर र १००जना कर्मचारी सामान्य घाइते भएका छन । सोमबार सघर्ष समितीका संय...

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख सहयोग

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २२ असोज : सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले उक्त अकल्पनीय घटनामा दिवङ्गत नेपालीहर...

इन्द्रावती जलविद्युत आयोजनाको स्वागत तथा शुभकामना आदन प्रदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नेशनल हाइड्रेपावर कम्पनी, इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनले कम्पनीका सस्थापक जित बहादुर श्रेष्ठ को धर्म पत्नी अनारदेबी श्रेष्ठ, उहाँका छोराहरु जेन श्रेष्ठ, र जस श्रेष्ठलाइ स्वागत गर्दै बिजया दशमी तथा दिपावलीको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख आइतमान तामाङले आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँनुभयो ।   उँहाले मेलम्ची तिपेनी सडकका लागी प्रदेस तथा सघंीय सरकारबाट कुनै पनी बजेट नपरेको ले बाटोको अबस्था नाजुक रहेको, नगरको कोषबाट मात्र सडक पुरै व्यवस्थित गर्न नसकेको बताउँदै पुरै कालोपत्र गर्न नसके पनी सवारी आवत जावतमा सहज हुने गरी नगरपालिकाले काम गरिरहेको बताउँनु भयो । उँहाले इन्द्रावती जलबिद्युत आयोजनाबाट स्थानीयले ठुलो स...

अरनिको बसपार्क नभत्काउन अन्तरिम आदेश

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले बसपार्कमा निर्माण गरेको संरचनालगायत अन्य भौतिक संरचना भत्काउने निर्णय गरेपछि पूर्वअरनिको यातायात अदालत पुगेको थियो । असोज १२ गते अल्पकालीन अन्तरिम आदेशमात्रै दिएकोमा ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज भने बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । अदालको अन्तरिम आदेशमा यस्तो भनिएको छ । ‘यसमा निवेदकले निर्माण गरेका संरचना नबिगार्नु, नभत्काउनु भन्ने निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने निवेदन माग भई प्रस्तुत निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म जग्गामा निवेदकहरूले निर्माण गरेका संरचनाहरू तोडफोड गर्ने, भत्काउने कार्य नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग गरेको देखियो । ...