खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो ः बस्नेत
खेल जगतको बिकास नै स्वास्थ्यको मुल जरो भएको बाह्र्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले शनीबार गाती युवाक्लब द्धारा आयोजित फुटबल प्रतियोगिता २०८० समापन समारोह लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले बिशेष गरी खेलकुदको माध्ययमबाट शरिरलाइ स्वच्छ राख्न सकीने भएकाले पछील्लो समयमा यस प्रती आकर्षण बढेको बताउँनु भयो । नगरबासीलाइ कसरी स्वस्थ्य राख्न सकीन्छ भनेर नगरपालिका लागी परेको र नगरबासीहरको माग बमोजिम स्वस्थका लागी योगाको कार्यक्रम गरेको र खेलका लागी मागका आधारमा आबश्यक सहयोग गरिरहेको बताउँनु भयो । उँहाले नगरबासीको स्वास्थ्यका लागी आफु नगर प्रमुख नहँुदा पनी आबश्यक सहयोग गरिरहेको र भबस्यिमा पनी सकेको सहयोग गरिरहने बताउँनु भयो । आफु स्वयम खेल प्रेमी भएकाले पनी खेलकुद बिकासमा सहयोग गर्न चासो लाग्ने बताउँदै आजको खेलमा पहीलो बन्न सफल सुनखानी युवाक्...
