सम्पर्क

आगोलागि पिडितलाई राहत

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार बाह्रविसे नगरपालिका –८ मा आगलागी हुँदा लोक बहादुर नेपालीको मृत्यु भएको थियो ।
बाह्रबिसे नगरपालिका उपप्रमुख मन्जु तामाङको संयोजकत्वमा विपत व्यवस्थापनका प्रमुख दुर्गा प्रसाद भण्डारी, इलाका प्रहरी तथा वडाको सचिवलगायतको टोलीले घटना स्थलमा पुगेर सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ ।
पिडित परिवारलाई तत्कालका लागि अति आवश्यक खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको नगरपालिका उपप्रमुख मन्जु तामाङले जानकारी दिनुभयो ।
सोमबार बेलुकी सवाँ ८ बजेतिर घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई घरभित्र रहेको एलपी ग्याँस सिलिन्डर पड्किदा ४५ का लोक बहादुर नेपालीको मृत्यु भएको थियो ।