सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकासँगको समन्वयमा टुकि संघ सुनकोशीले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक सामग्री वितरण गरिएको छ ।
मंगलबार सुनकोसी गाउँपालिका –१ ठोकर्पामा रहेको बाघभैरव माध्यमिक विद्यालयका १२३ जना विद्यार्थिहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, टुकि संघका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेल लगाएतले उक्त सामग्री वितरण गर्नु भएको थियोे । यसबाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।
