सम्पर्क

ब्रेकिङ न्युज १

फस्ट स्टेप नेपालको १०औँ साधारण सभा सम्पन्न

फस्ट स्टेप नेपालको १०औँ साधारण सभा सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सामाजिक सेवा, शिक्षा, जनचेतना अभिवृद्धि तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सक्रिय संस्था फस्ट स्टेप नेपाल को १०औँ साधारण सभा भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दुर्गा प्रसाद आरणको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक एवं चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, युवा प्रतिनिधि, महिला अगुवा, स्थानीय व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, सामाजिक चेतना, स्वास्थ्य, वातावरण संरक्षण, सशक्तीकरण,युवा परिचालन तथा विपद् व्यवस्थापनका क्षेत्रमा भएका गतिविधिहरुको समीक्षा गरिएको थियो। संस्थाले विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा अवसरबा...
जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जानकी (बाँके), १९ वैशाखः गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गर्नुभयो । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नगरप्रमुख बिष्टले भन्नुभयो, “सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।” नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रव...
बुद्ध जयन्तीको अवसरमा शान्ति ¥याली सम्पन्न

बुद्ध जयन्तीको अवसरमा शान्ति ¥याली सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
महामानव भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा इन्द्रावती गाउँपालिका–४, मुले गाउँमा संयुक्त आयोजनामा भव्य तथा शान्तिपूर्ण रूपमा शान्ति ¥याली सम्पन्न भएको छ। उक्त ¥याली इन्द्रावती–४ मुले गाउँस्थित छोर्टेनबाट सुरु भई भेडीचौर, नवलपुर हुँदै पुनः मुलेको छोर्टेनमा आई समापन गरिएको थियो। ¥यालीमा सोही वडाका वडाध्यक्ष, लामा गुरु, पत्रकारलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक भोजबहादुर तामाङका अनुसार विगत एक दशकदेखि मलेसियालाई कर्मथलो बनाउँदै आएका उनले मलेसियामा रहेका म्यानमार, श्रीलंका, थाइल्याण्ड, चिनियाँ तथा नेपाली समुदायले बुद्ध जयन्ती ¥याली गरी मनाएको देखेर नेपालमा पनि यसरी नै मनाउनुपर्ने प्रेरणाले यस वर्ष पहिलो पटक ¥याली आयोजना गरिएको बताएका छन्।...
मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न

मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको ३ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त तालिम विशेष गरी लामो समयदेखि मौरी पालन गर्दै आउनु भएका तर प्राविधिक ज्ञानको अभाव रहेका किसानहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिम २०८३ साल बैशाख १५ गते उद्घाटन भई वैशाख १७ गते समापन गरिएको थियो। समापन कार्यक्रममा हेलम्बु गाउँपालिका ७ का वडा अध्यक्ष, वडा नं। २ का वडा अध्यक्ष, कृषि शाखा प्रमुख लगायतको व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो। तालिम अवधिभर सहभागी किसानहरूलाई मौरी पालन सम्बन्धी विभिन्न महत्त्वपूर्ण विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा महको महत्त्व, मौरीको संरचना (रानी, कर्मी र भाले मौरी), मौरी घार तथा गोला व्यवस्थापन, परम्परागत र आधुनिक घारबीचको तुलनात्मक अध्ययन, मौरी सार्ने तरिका, हुल निस्कने प्रक...
गुणस्तरीय शिक्षाका साथ व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै बाह्र्बिसेको किस्टोन पब्लिक एकेडेमी”

गुणस्तरीय शिक्षाका साथ व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिँदै बाह्र्बिसेको किस्टोन पब्लिक एकेडेमी”

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हिरा खड्का बाह्रबिसे-सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अवस्थित किस्टोन पब्लिक एकेडेमी बि.स.२०६६ सालमा स्थापना भई हाल सम्म निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा दिने लक्ष्य लिएको यस विद्यालयमा हाल प्ले ग्रुप देखि कक्षा ९ सम्म अध्ययन गराइँदै आएको छ। प्राकृतिक रूपमा सुन्दर,शान्त तथा रमणीय वातावरणमा अवस्थित यस विद्यालयले विद्यार्थीहरूलाई बालमैत्री वातावरणमा पठनपाठन गराउँदै आएको छ। हरियाली डाँडाकाँडा, स्वच्छ हावा र सुरक्षित परिसरले विद्यार्थीहरूको मनोबल बढाउने र सिकाइलाई थप प्रभावकारी बनाउने विद्यालय प्रशासनको विश्वास रहेको छ। विद्यालयले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिदै गुणस्तरीय र प्रभाबकारी शिक्षाको लागि अभिभावक सङ्ग समय समयमा बैठक गरि सुझाब संकलन गरिनुका साथै उक्त सुझाबलाई कार्य योजनामा रुपान्तरण गरि कार्यन्वयको अबस्था समेत अभिभावक र ...

इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालिका मृत फेला

#, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक– सिन्धेपाल्चोकको मेलम्ची नगरपालिका–११, बेलिब्रीज स्थित इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १४ गते करिब ४ः३० बजे पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना बालिका बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये मेलम्ची नगरपालिका–९ बस्ने कुमार गिरीको १८ वर्षीया छोरी निर्जला गिरी घटनास्थलबाट करिब १ किलोमिटर तल इन्द्रावती खोलाको किनारमा मृत अवस्थामा फेला परेकी थिईन् । त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ बस्ने निर्मल जोतीको १४ वर्षीया छोरी अन्जिता जोतीलाई खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब ३०० मिटर तल खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । दुवै शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  ...
सिन्धुपाल्चोकमा भोटेकोशी–५ जलविद्युत आयोजना  सुरु,स्थानीय विकासमा नयाँ आशा

सिन्धुपाल्चोकमा भोटेकोशी–५ जलविद्युत आयोजना सुरु,स्थानीय विकासमा नयाँ आशा

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
सिन्धुपाल्चोक । ‘सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानी’ को अवधारणा अनुरुप भोटेकोशी ५ जलबिद्युत आयोजना सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायको हितलाई उच्च प्राथमिकता दिँदै ४६ मेघावाटको आयोजना निर्माण कार्य सुरु भएको हो । विद्युत उत्पादन गर्ने माध्यम मात्र नभई, स्थानीय विकास, रोजगारी, पर्यावरण संरक्षण र दिर्घकालीन समृद्धिको एउटा महत्वपूर्ण आधार बन्दै गएको सिन्धुपाल्चोकमै जन्मिएका जलबिद्युत व्यवसायी मोहनबिक्रम कार्कीले बताए । आयोजनाको डिजाइन गर्दा रक क्लास (ढुंगा तथा भूगर्भको अवस्था) को विस्तृत अध्ययन गरी बस्ती पूर्ण रूपमा सुरक्षित हुने गरी संरचना निर्माण गरिएको छ । कुनै पनि जोखिमलाई न्यूनीकरण गर्न वैज्ञानिक तथा प्राविधिक रूपमा सबल डिजाइन तयार पारिएको छ । आयोजनाले सबै कानुनी, प्राविधिक तथा ...
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १४ वैशाखः शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पु¥याएपछि आइतबार साँझ आगावमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो । वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो । कार्यालयका अनुसार उक्त क्षेत्रको आठ स्थानको बाट डाइभर्सन बनाइ आवागमन गराइएको हो । आइतबार नै सात स्थानको डाइभर्सन बनाएपछि चारसयबेंसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा ब...
काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काठमाडौं — जेष्ठ नागरिकहरूको सक्रिय सहभागितामा आधारित एक विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम राजधानीको हनुमानढोका दरबार क्षेत्र मा सम्पन्न भएको छ। न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा भएको उक्त कार्यक्रममा ७० वर्ष नाघेका बाजे–बज्यैहरूले भजन–कीर्तन, परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नेवार समुदायका मौलिक पोशाकमा जीवनशैली झल्किने गरी नृत्य र गीत प्रस्तुत गरेका थिए। बिहानको दैनिक क्रियाकलापदेखि साँझसम्मका सांस्कृतिक अभ्यासलाई समेटेर विभिन्न रैथाने गीतमा आधारित प्रस्तुति दिइएको थियो। यसले परम्परा र जीवनपद्धतिलाई जीवन्त रूपमा देखाएको उपस्थित दर्शकहरूले बताएका छन्। त्यसैगरी, गिरिजा प्रसाद जोशी का कृतिमा आधारित गीतहरू पनि कार्यक्रममा समावेश गरिएको थियो। लगन टोलका स्थानीय समूहले भजन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए...
नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले ल...