सम्पर्क

ब्रेकिङ न्युज १

२९ जनाद्धारा खुल्ला रक्तदान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान नाराका साथ आज सम्पन्न खुल्ला रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदानमा १७ औं पटक ब्लड डोनेशन गर्नुभएका त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकापुरका संतोष बोहराले आफूले प्रदान गरेको रगतले कसैको ज्यान बच्ने भएपछि आगामी दिनमा पनि रक्तदान गर्ने बताउनु भयो । त्यस्तै १९ पटक रक्तदान गर्नु भएका बलेफी गाउँपालिका–७ का अमृत अधिकारीले रगत अभावमा कुनै बिरामी मृत्युको मुखमा पुग्न नपुगोस् भनेर रक्तदान गर्दे आएको बताउनु भएको छ । सुनकोशी–इन्द्रावती समाज, डि. एस. टे«डिङ(डि एक्स एन) सूर्यबिनायक र साथी फाउण्डेशन नेपाल सिन्धुपाल्चोकद्धारा संयुक्त रुपमा रक्तदान कार्यक्रम भएको साथी फाउण्डेशनका अध्यक्ष बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक सहयोगमा रक्तद...

जल्केनी मोडमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, एक घाईते

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका ८ स्थित स्थित दियाले भन्ने स्थानमा मोटर साइकल दुर्घटनामा परी वडा ७ को ईन्दिरा अधिकारीको मृत्यु भएको छ । वनदेउ चौतारा सडक खण्डस्थित जल्केनी दियाले मोडमा चौतारा तर्फबाट बन्देउ तर्फ जाँदै गरेको टिपर विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा भेट हँुदा मोटरसाईकल अनियन्त्रीत भइ पल्टिँदा अधिकारीको मृत्यु भएको जनाइएको छ । वनदेउबाट चौतारातर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प. ९५३९नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नं. को टिपर भेट हुँदा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ भने टिपर चालक चौतारा साँगाचोक गढी न.पा. ११का मनोहरी गिरी लाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।प्रहरीकाअनुसार मृत्यु हुने अधीकारी मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो भने उहाँका श्रीमान् सन्तोष दुलालले मोटरसाइकल चलाउँनु भएको थ...

अनेमसंघसिन्धुमा तारादेबी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत बलेफी, नेकपा माओबादी निकट महीलाहरुको सङ्गठन अखिल नेपाल महीला सघ (क्रान्तिकारी) सिन्धुपाल्चोको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमती कायम गर्दै तारादेबी रानाको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित समेत गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ५ बलेफीको कवर्डहलमा सम्पन्न सम्मेलनले अध्यक्षमा तारादेबी राना, उपाध्यक्षमा सुजाता तिमल्सीना र निर्जला दर्जी, सचिवमा राममाया तामाङ, कोषध्यषमा मीना नेपाल (दुलाल) र सदस्यहरुमा श्रद्धा थामी, लक्ष्मी प्रधान, शमीला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली (दाहाल), लक्ष्मीमाया दाहाल, देवकी पौडेल, मैना तमाङ, शमीला खड्का, गीता श्रेष्ठ, अम्बीका गौतम, बिष्णुमाया तामाङ, निर्मला तिमल्सीना, मीना शर्मा, सावित्री दंगाल, मनमाया नेपाल, सरस्वती दंगाल, अपेक्षा आचार्य, पार्वती रायमाझी, मैती लामा, नीता दनुवार, रबिना आचार्य, कि...

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  देबीका क्षेत्री मगर काठमाडौँ, २९ वैशाख । ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो ।संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । 'संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक-फरक व्यवस्था गर्न पाउने व्यवस्था छ', उहाँले भन्नुभयो, 'राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । ...

सव डिभजन वन कार्यलयकाे आयाेजनामा बजार सरसफाई

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाेक जिल्ला चाैतारासाँगाचाेकगढी नगरपालिकामा शनिबार सरसफाई कार्यक्रम गरियकाे छ । डढेलाे नियन्त्रण गर्नका लागि नियुक्त भयकाे हरित स्वयमसेवकहरुसहित उपिस्थत भयर सरसफाई अभियान गरियकाे हाे । हरित स्वयम सेवक सङयाेजक शारदा प्रसाद चालिसेका अनुसार अहिले पानिपरिरहेका कारण जङगलमा अआगलागिकाे घटना जानकारिमा नआयकाे हुँदा फुर्सदकाे समय लाई सदुपयाेग गर्दै सरसफाईमा जुटेकाे हाे ।सब डिभिजन बन कार्यलय सिन्धुपाल्चोक चौतारा को आयोजना मा भयकाे कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु,सुरक्षा कर्मि जिल्ला स्थित सरकारि तथा गैर सरकारि सस्थाका प्रतिनधि नगर कार्यपालिका सदस्य सानुमाँया गुरुङ्ग वडा न ५ का वडा सदस्य रामबहादुर घले लायन्सक्लब,स्पाेर्टिङ्गग क्लब स्थानीय क्लब हरु जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक जन प्रतिनिधि हरु डिभिजन बन कार्यलय सिन्धुपाल्चोक बाट परिचालित हरित स्वयंसेवक समुहहरुकाे सहभागिता रहे...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
हेटौंडा,२०८१ वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१÷८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको छ ।उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको संयोजनमा विहीबारबाट सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भन्नुभयो, ‘बागमती प्रदेशमा पर्यटन, वनक्षेत्र, उत्खनन क्षेत्रमा आधारित मौलिक हिसाबले बनाइएका बस्तुुहरुको माग छ । स्वदेशी तथा विदेशी पर्यटक...

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र ,आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सन्जिब दुलाल काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घ, अखिल नेपाल होटेल क्या सिनो तथा रेस्टुराँ मजदुर सङ्घ र नेपाल स्वतन्त्र होटेल क्या सिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा हान लाई ज्ञापन पत्र बुझाएको हो । सेवा शुल्क लिँदा उपभोक्ता ठगिएको भन्ने व्याख्या गरियो तर अहिले होटेल तथा पर्यटन व्यवसायीले मेनुमा नै थप शुल्क लिएर श्रमिकहरूलाई भने वास्ता नगर्दा देश भरका लाखौँ मजदुरहरूको रोजी रोटीमा भने हानी पुगेको भन्दै उनीहरूले हान लाई सेवा शुल्क लगायत विभिन्न छ बुँदे...

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भा...

बिश्व रेडक्रस दिवस मनाउँदै हिरासतमा रहेकालाइ कमल बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
“मानवतालाई जिवित राखौं” भन्ने मूल नाराका साथ बिश्वभर मनाइने बिश्व रेडक्रस दिवस रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्झनामा मे ८ का दिन आज चौतारामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना र चौतारा उपशाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ को मे ८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । उँहा ब्यापारको सिलसिलामा सन् १८५९ को जुनमा इटालीको सल्फेरिनो भन्ने ठाउमा पुगेका बेला एकातिर इटाली र फ्रान्सको संयुक्त सेना र अर्कोतिर अष्ट्रिया बीच नरसंहार युद्ध भइरहेको थियो । त्यो युद्धमा दुवैपक्षका सेनाहरु घाइते भएर मृत्यु समेत भएका थिए । युद्धको भयानक दृश्य देखेर ड्यूनाले घाइतेहरुलाई तत्कालै सक्दो सेवा पु¥याउँनु भयो । सल्फेरिनोको यस दुःखद् दृश्यबाट प्रभावित भएर उनले सन् १८६२ मा “सल्फेरिनोको सम्झना...

अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरीः मन्त्री भण्डारी

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २६ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्धारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समितिले आजदेखि भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । देशमा लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवद्र्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले भन्नु...