सम्पर्क

बिश्व रेडक्रस दिवस मनाउँदै हिरासतमा रहेकालाइ कमल बितरण

“मानवतालाई जिवित राखौं” भन्ने मूल नाराका साथ बिश्वभर मनाइने बिश्व रेडक्रस दिवस रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्झनामा मे ८ का दिन आज चौतारामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना र चौतारा उपशाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ को मे ८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । उँहा ब्यापारको सिलसिलामा सन् १८५९ को जुनमा इटालीको सल्फेरिनो भन्ने ठाउमा पुगेका बेला एकातिर इटाली र फ्रान्सको संयुक्त सेना र अर्कोतिर अष्ट्रिया बीच नरसंहार युद्ध भइरहेको थियो । त्यो युद्धमा दुवैपक्षका सेनाहरु घाइते भएर मृत्यु समेत भएका थिए । युद्धको भयानक दृश्य देखेर ड्यूनाले घाइतेहरुलाई तत्कालै सक्दो सेवा पु¥याउँनु भयो । सल्फेरिनोको यस दुःखद् दृश्यबाट प्रभावित भएर उनले सन् १८६२ मा “सल्फेरिनोको सम्झना” नामक पुस्तक समेत लेखे, जसमा रणभूमिको यथार्थ वर्णन गर्नुका अतिरिक्त युद्धको समयमा सेनाको चिकित्का सेवा अपर्याप्त हुने भएकोले घाइतेहरुको उद्धारको लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्थाको स्थापना र यसका लागि अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव दिनु भएको थियो । धेरै देशका मानिसहरुले ड्युनाको सुझावलाई ग्रहण गरे र उहाँको बिचारसंग सहमत हुने स्वीजरल्याण्डका अरु सहयोगीहरुसंग मिलेर ड्यूनाले सन् १८६३ मा घाइतेहरुको सहयोगका लागि अन्तर्राष्ट्रिय समिति स्थापना गरे जसलाई अहिले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ सी आर सी) भनिन्छ । साथसाथै युरोपका देशहरुमा राष्ट्रिय रुपमा रेडक्रसका सोसाइटीहरुको स्थापना हुनेक्रम शुरु भयो । जाँ हेनरी ड्यूनाले युद्ध मैदान बाट शुरु गर्नुभएको मानवीय सेवा आज बिश्वभर फैलिएको छ । त्यसैले ड्यूनाको जन्म दिन पारेर बिश्व रेडक्रस दिवस मनाउन शुरु गरिएको हो । सोहि क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापती चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा सोसाइटीको भवनको प्रांगणमा जिल्ला शाखाले कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै उपसभापती सापकोटाले रेडक्रसका आधारभूत सिद्धान्तहरुको परिपालनामा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रमा स्वागत मन्तब्य राख्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री कमलचरण कक्षपतिले ड्यूनाले देखाउनु भएको मार्गलाई रेडक्रस कर्मीहरुले अवलम्बन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष तथा रेडक्रसकर्मी माधवलाल कर्माचार्यले मानवताको पक्षमा निश्पक्ष भएर स्वयंसेवी भावनाले काम गर्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा सभापती नातिबावु धितालले संचालन गर्नु भएको उक्त कार्यक्रममा जिल्ला शाखाका पदाधिकारीहरु, उपशाखाका पदाधिकारीहरु तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका कार्यलय प्रमुख भरत कोइरालाले जानकारी दिनु भयोे ।सोही अबशर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र चौतारा उपशाखाले बैशाख २६ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको छ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको जन्मदिन मनाउने र उहाँको सम्झनामा मनाउदै आएको बिश्व रेडक्रस दिवस मे ८ का दिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री कमलचरण कक्षपती र नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा सभापती नातिबावु धितालले सयुक्त रुपमा कम्मल बितरण गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा रहेका ७ जना ब्यक्तिहरुको लागि १० थान कम्मल जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायक निरिक्षक संजिव कुमार यादवलाई हस्तान्तरण गरिएको उप शाखा सभपती नाती बाबु धितालले जानकारी दिनु भयो ।