सिन्धुपाल्चाेक जिल्ला चाैतारासाँगाचाेकगढी नगरपालिकामा शनिबार सरसफाई कार्यक्रम गरियकाे छ । डढेलाे नियन्त्रण गर्नका लागि नियुक्त भयकाे हरित स्वयमसेवकहरुसहित उपिस्थत भयर सरसफाई अभियान गरियकाे हाे । हरित स्वयम सेवक सङयाेजक शारदा प्रसाद चालिसेका अनुसार अहिले पानिपरिरहेका कारण जङगलमा अआगलागिकाे घटना जानकारिमा नआयकाे हुँदा फुर्सदकाे समय लाई सदुपयाेग गर्दै सरसफाईमा जुटेकाे हाे ।
सब डिभिजन बन कार्यलय सिन्धुपाल्चोक चौतारा को आयोजना मा भयकाे कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु,सुरक्षा कर्मि जिल्ला स्थित सरकारि तथा गैर सरकारि सस्थाका प्रतिनधि नगर कार्यपालिका सदस्य सानुमाँया गुरुङ्ग वडा न ५ का वडा सदस्य रामबहादुर घले लायन्सक्लब,स्पाेर्टिङ्गग क्लब स्थानीय क्लब हरु जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक जन प्रतिनिधि हरु डिभिजन बन कार्यलय सिन्धुपाल्चोक बाट परिचालित हरित स्वयंसेवक समुहहरुकाे सहभागिता रहेकाे थियाे।सब डिभिजन का रेन्जर कमला श्रेष्ठ , फरेस्टर निर्मल घले , ,हरुको सयुक्त उपस्थित मा चौतारा क्यम्पस गेट देखी चौतारा को टुडिखेल सम्म सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे। सरसफाई पछि काेण सभा समेत गरिएकाे थियाे । काेणसभामा क्लबहरुकाे तर्फ बाट पवन सापकोटा ,जन प्रतिनिधि का तर्फबाट राम बाहादुर घले , डिभिजन बन कार्यलय का तर्फबाट साहायक अधिकृत रमेश दुलालले सरसफाई अभियानका बारेमा मन्तव्य राख्नु भयकाे थियाे।साहयक वन अधिकृत दुलालले आफ्नु टोल आफ्नु बजार सफा र सुन्दर हरित चौतारा बनाउने बिषय मा सबै समुदाय को चासो रहनु पर्ने कुरा बताउनु भयाे । कार्यक्रम सन्चालन हरित स्वयंसेवकका सङयोजक शारदा प्रसाद चालिसे ले गर्नु भएको थियो ।
