इलेक्ट्रोपावर कम्पनि लिमिटेडको प्राथमिक उपचार तालिम भोटेकोशीमा
नेत्र बहादुर बस्नेत ,इलेक्ट्रोपावर कम्पनि लिमिटेड (भोटेकोशि–१ जलविद्युत आयोजना ४० मेगावाटको आयोजना र भोटेकोशि गाँउपालिकाको सहकार्यमा १ दिने प्राथामिक उपचार तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि नामक संस्थाले प्राथामिक उपचारका बिधिका बारेमा प्रशिक्षण दिएको थियो ।
गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाको सभापतित्वमा गाउँपालिकाको सभाहलमा भएको तालिममा पालिका भरका स्वास्थ्यकर्मि, स्वयम्सेवीका, शिक्षक, शिक्षिका, स्थानिय समाजसेबी, सुरक्षाकर्मीहरु क्लबहरु र आयोजनासँग सम्बन्धित कर्मचारिहरु, पालिकाकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
योगदान राष्ट्रको लागि केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक ओम उप्रेतीले प्राथमिक उपचारका लागि कसरी गर्ने के के गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । उहाँले खाना खाँदा घाँटीमा खान अड्केर हुन सक्ने क्षेती रोक्ने, पानिमा डुबेकालाई तत्काल गर्न पर्ने उपचार बिधि, एम्...
