सम्पर्क

बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । बेपत्ता मध्ये नेपाल प्रहरीका तीन जनामा प्रहरी साहयक निरिक्षक असइ लालबहादुर श्रेष्ठको शब चितजनको १५पकलो नजीकै फेला परेको जनाइएको छ भने अरुको खोजी कार्य जारी रहेको छ । , सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन । यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताउनुभयो । “ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उहाँले भन्नुभयो । यसै बिच चीन स्वशासित तिब्बतको न्यालममा वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन सन्देश प्रवाह गरेका छन्।चिनियाँ अधिकारीहरुले बर्षाका कारण बाढी आउन सक्ने खतराको संकेत गरेलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार दिउँसो सूचना जारी गरी नागरिकहरुलाई सतर्कता अपनाउन अपिल गरेको छ। साहयक पंमुख जिल्ला अधिकारी गणेश नेपाली द्धारा जारी सुचनामा‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि लिपिङ सम्ममा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ’ भनीएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिनु भएको छ। प्रजिअ थापाले भोटेकोशी र सुनकोशी तटीय क्षेत्रको लिपिङदेखि बन्देउसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको ‘बताउँनु हुँदै ‘तातोपानी, बाह्रबिसे, लामोसाँघु, बलेफी, सुकुटे क्षेत्रका स्थानीयलाई सचेत गराइएको छ।’गएराति रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको बताउँनु भयो । उँहाले आफुले गर्न सक्ने र हुन सक्ने सबै सनयन्त्र प्रयोग गरेर सतर्कताका लागी आह्वान गरिएको बताउँदै यस्तो बेला सबै नागरिक पनी पुर्णरुपमा सतर्कतामा रहन पर्ने भएकाले सबैलाइ सुरक्षित र सतर्कताका लागी अनुरोध गरिएको बताउँनु भयो ।